२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अविरल बर्षाको कारण कर्णालीका पहाडि जिल्लाहरुसँग प्रदेश राजधानीको सम्पर्क टुट्यो

२०७५, २८ श्रावण सोमबार १७:३८

साउन २८, सुर्खेत | एक सातादेखि परेको अविरल बर्षाले कर्णाली प्रदेशका पहाडि जिल्लाहरुलाई प्रदेश राजधानीसंगको सम्पर्क टुटाएको छ । कर्णालीका जिल्लाहरुसंग जोडिएको कर्णाली राजमार्गको विभिन्न स्थानमा पहिरो खसेपछि झण्डै एक महिनादेखि यातायात अनियमित बनेको छ । सुर्खेतदेखि कालीकोट र जुम्लासम्म यायातात छिटफुट रुपमा चलेपनि शनिबारदेखिको पानीले कर्णाली राजमार्गका विभिन्न स्थानामा पहिरो खसेपछि यातायात सञ्चालनमा अवरोध भएको छ ।

कर्णाली राजमार्गको सुर्खेत कालिकोट खण्डको गगने भिरमा खसेको पहिरोले तीन दिनदेखि यातायात सञ्चालन हुन सकेका छैनन् । लगातारको पानीले कर्णाली राजमार्गमा पर्ने खहरे खोलाहरु समेत उर्लिए पछि यातायातका साधन ठप्प भएका छन् भने कर्णाली राजमार्गका विभिन्न स्थानमा एक दर्जन बढी पहिरो खसेपछि पन्छाउन समय लाग्ने बताइएको छ । कर्णाली राजमार्गको दहीखोला र एसमोडको बीचमा पर्ने गगनेभिरमा पहिरो खसेपछि कर्णाली राजमार्गमा यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायव निरीक्षक बिनोद शर्माले जानकारी दिए ।


बर्षा नरोकिएकोले पहिरो पन्छाउन समस्या भएको उनले बताए । ‘गगनेभिरमा ठुलो चट्टान फुटेर निरन्तर पहिरो खस्न थालेपछि यातायात सुचारु गर्न समस्या भएको छ’ उनले भने, ‘गगने भिरमा सडक विभागको डोजर तयारी अवस्थामा राखिए पनि पानी नरोकिँदा पहिरो खस्न रोकिएको छैन ।’ राजमार्गको अप्ठ्यारो ठाउँमा सवारी साधन रोकिँदा यात्रुहरुलाई सास्ती भएको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार कर्णाली राजमार्गको काले खोला, सेरीघाट, झाम्ला मोड, सुनार खोला, छेडा, सिम्लेगाड, पिली, राँचुली लगायतका स्थानहरुमा पनि साना साना पहिरोले यात्रुहरुको विचल्ली पारेका छन् ।लगातारको बर्षाले खुलालु–हिल्सा जोड्न कर्णाली करिडोरमा पनि सवारी आवागमन बन्द भएको छ । करीडोरमा कतै पहिरो खसेको छ भने कतै सडक हिलाम्मे भएर अवरुद्ध छ ।कर्णाली करिडोरको रेगिल रेगिलदेखी कोटसम्म झण्डै पाँच सय मिटर सडकमा पहिरो खसेपछि करिडोरमा यातायात बन्द गर्नु परेको रारा कर्णाली यातायाता प्रा.लिका सचिव धनबहादुर बटालाले जानकारी दिए ।

पुरै बस्ती जोखिममा

कर्णाली राजमार्ग अवरुद्ध पारेको गगने भिरको पहिरोका कारण शुभ कालिका गाउँपालिकाको छातीको बस्ती त्रसित बनेको छ । झण्डै बस्तीको एक सय मिटर तलबाट चट्टान पुटेर पहिरो खस्न थालेपछि छातीका १ सय ५३ घरधुरी जोखिममा रहेको गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईले बताए । ‘पहिरोले बस्ती बगाउने जोखिम बढेको भन्दै स्थानीय त्रसित छन्’ चौलागाईले भने ।

पहिरोकै विस्थापित कालिका गाँउपालिका वडा नं. ६ हाउडीका पालमुनी बस्दै आएका १ सय ७६ परिवारको जनजीवन कष्टकर बन्दै गएको छ । उनीहरुलाई निरन्तर बर्षाका कारण चिसो बढ्ने, खाना खाने दाउराको अभाव, खाद्यान्न आपुर्तिको समस्या भईरहेको स्थानियले बताएका छन् । साना बालबालिकाहरु र बृद्धबृद्धाहरुमा रुगा खोकीको समस्या पनि देखिएको छ । कतिपयले त पालमुनीको बास थप कष्टकर बन्न थालेपछि पालसमेत छाडेर आफन्तहरुको आश्रय लिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै