२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हुम्लामा हेलिकोप्टरको पंखाले लागेर एकको मृत्यु

२०७५, २९ श्रावण मंगलवार १२:०२

 रेशमराज रोकाया | साउन  २९, हुम्ला | हुम्लाको हिल्सा हेलिप्याडमा मनाङ्ग ईयरको हेलिकोप्टरको पंखाले काटेर एक जना भारतिय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको मुम्बई घर भई हुम्लाको हिल्सा नाका हुँदै कैलाश मानसरोवर दर्शन गर्न आएको नागेन्द्र कुमार कार्तिक मेहता भएको बुझिएको छ । मनाङ्ग ईयरको नाईन एन्. ए.एम्. भी. हेलिकोप्टरको पछिल्लो टेलमा भएको पंखाले काट्दा यस्तो घटना भएको हो ।


कैलाश ट्रेकको जिम्मामा चिनको पवित्र धार्मिक स्थल कैलाश मानसरोवर दर्शनको लागि हुम्लाको मार्ग हुँदै हुम्ला र चिनको सिमा हिल्सा हेलिप्याडमा अहिले ५ बजे घटना भएको प्रहरी नायब निरिक्षक करण चन्दले बताउनु भयो । घटना के कसरी भएको हो भन्ने बारेमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थल तर्फ गएको समेत प्रहरी स्रोतले जानकारी दिएको छ । भारत गणराज्यको पासपोर्ट नं. Z3385248 भएका मेहतालाई हेलिकोप्टरको पछिल्लो टेलमा भएको पंखाले काटेर हेलिकोप्टर प्याडमा नै सञ्चालनमा भएको बेला काटेको समाचारमा उल्लेख गरिएको छ । हेलिकोप्टरले यात्रुलाई हिल्सा हेलिप्याडमा पुर्याईसके पछि सिमिकोट तर्फ उडानको तयारीको क्रममा भारतिय नागरिक हिलकोप्टरको पछिल्लोभाग तर्फ गएकोले यस्तो हुन सक्ने प्रारम्भिक अनुसन्धानले जनाएकोछ । घटनाको थप विवरण आउन अझै बाँकी नै रहेको छ । मृतक मेहता ४२ वर्षका भारतिय नागरिक रहेका थिए ।

हुम्लामा यस अघि कोही भारतिय तिर्थ यात्रीको मृत्यु हुनेको संख्या ११ जना पुगिसकेको छ । कोही घोडाबाट लडेर त कोही लेक लागेर मृत्यु हुनेको संख्या यो वर्ष गत वर्षका भन्दा बढेको छ । हिल्साको हेलिप्याडमा व्यवस्थित सुरक्षा व्यवस्था नहुनु, तिर्थयात्रीको जिम्मा लिएका कम्पनीले पनि यथोचित व्यवस्था नहुनु लगायतका कारणले हुम्लामा भारतिय नागरिकको मृत्यु हुने गरेको छ ।  घटनास्थल हुम्लाबाट हेलिकोप्टरबाट १५ मिनेटको समयाअवधीमा पुग्न सकिन्छ । यस अघि व्यवस्थित हेलिप्याड नभएको भएता पनि यसै वर्ष  सो हेलिप्याडको उद्घाटन भएको थियो । शवलाई प्रहरी मुचुल्का अध्ययन पछि सदरमुकाम सिमिकोट ल्याईने र परिवारलाई जिम्मा लगाईने व्यवस्था मिलाईने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ