२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरमा हात्तीको आक्रमणबाट एकको मृत्यु

२०७५, ३० श्रावण बुधबार ०८:३२

साउन ३०, उदयपुर | उदयपुर जिल्लाको बेलका नगरपालिका–३ स्थित खैरेनी टाप्पुमा आज बिहान आएको तीनवटा हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ भने दुई घरटहरा भत्काएको छ । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार हात्तीको आक्रमणबाट खैरेनी टाप्पुका ३५ वर्षीय रामकुमार सार्कीको मृत्यु भएको छ भने सार्कीको घर, गोठ र टहरासमेत भत्काएको छ । कोशीटप्पु क्षेत्रबाट आएका हात्तीले घरमा सुतिरहेका सार्कीलाई घर भत्काएर तानेर ५० मिटर पर लगी खुट्टाले च्यापेर मारेको प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रदेव राईले बताउनुभयो । 

हात्तीले आक्रमण गरेर घर तथा टहरा भत्काएपछि घरका अन्य परिवारहरु भाग्न सफल भएका थिए । रामकुमार शारीरिक रुपले अशक्त भएकाले भाग्न नसक्दा हात्तीले पक्रेर केही पर लगेर मारेको थियो । 

सार्कीको घर तथा गोठ र टहरासमेत पूर्णरुपमा क्षति भएको छ । घटना घटेलगत्तै इलाका प्रहरी कार्यालय रामपुरको टोली पुगी हात्ती भगाएको र अहिले जनजीवन सामान्य रहेको पनि एसपी राईले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै