२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेस स्वतन्त्रताको चिन्ता

२०७५, ३० श्रावण बुधबार ११:५५

साउन ३०, काठमाडौँ | आगामी भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध (संहिता) ऐन २०७४ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाउन खोजेको भन्दै सरोकारवाला निकायका प्रतिनिधिले चिन्ता व्यक्त गरेका छन् । 

नेपाल प्रेस युनियन र सेन्टर फर मिडिया रिसर्च–नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा पत्रकारितासँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिले उक्त संहिताले समाचार सङ्कलनदेखि प्रकाशन प्रसारण गर्नसमेत अप्ठेरो अवस्था सिर्जना गर्ने भन्दै त्यस्ता विषय सच्याउनुपर्ने सुझाव दिएका हुन् । 

कार्यक्रममा अधिवक्ता बाबुराम अर्यालले संविधान बनेपछि कानून बनाउनुपर्ने बाध्यता भए पनि मुलुकी अपराध (संहिता) भने संविधानले व्यवस्था गरेभन्दा विपरीत आएको बताउनुभयो । प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कुनै पनि कानूनलाई स्वीकार्न नसकिने भन्दै यस्ता कानून तत्काल सच्याउन माग गर्नुभयो । 

नेपाल पत्रकार महासङ्घका सचिव रामप्रसाद दाहालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कानूनले लोकतन्त्रमाथि नै आघात पुग्ने भएकाले महासङ्घ त्यस्ता कानूनका पक्षमा नरहने बताउनुभयो । कार्यक्रममा सेन्टर फर मिडिया रिसर्चका उपाध्यक्ष ऋषिकेश दाहाल, अनलाइन पत्रकार सङ्घका अध्यक्ष शिव सत्याल, प्रेस युनियनका सचिव खिला कार्की, केन्द्रीय सदस्य युवराज गौतम लगायतले दीर्घकालीन असरका बारेमा अध्ययन नगरी बनाइएका यस्ता कानूनको प्रभावकारी कार्यान्वयनमा सहजता नहुने धारणा व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने