२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनाङ्ग - MNG

मनाङ सडक तीन ठाउँमा अवरुद्ध

३१ श्रावण २०७५, बिहीबार ०५:४४

साउन ३१, मनाङ | हिमालपारीको जिल्ला मनाङ सडक खण्ड तीन ठाउँमा अवरुद्ध भएको छ । बाढी र पहिरोका कारण तीन ठाउँमा सडक अवरुद्ध भएपछि यात्रुहरू समस्यामा परेका छन् । 

मनाङको ङिस्याङ–१ पिसाङ, चामेको कोतो र तिमाङ खोलामा सडक अवरुद्ध भएको हो । ङिस्याङ गाउँपालिकाअन्तर्गत पिसाङ खोलामा आएको बाढीले पुल भत्काएपछि सडक अवरुद्ध बनेको हो । सवारी आवागमनको लागि बनाइएको काठको पुल अड्याउने पर्खाल खोलामा आएको बाढीले भत्काएपछि पुल नै कोल्टिएको हो । पुल कोल्टिएपछि सवारी आवागमन बन्द गरी मर्मत थालिएको ङिस्याङ–१ का वडाध्यक्ष भुुजुङ गुरुङले जानकारी दिनुभयो । 

यस्तै चामे गाउँपालिकाअन्तर्गत कोतो भन्ने स्थानमा पनि पहिरोले सडक भास्सिएपछि सवारी आवागमन बन्द भएको छ । सडक भास्सिने र पहिरो झर्ने क्रम नरोकिएकाले अझै केही दिन सडक बन्द रहने मनाङका निमित्त प्रमुख जिल्ला अधिकारी जयराज भण्डारीले जानकारी दिनुभयो । 

यसैगरी चामे गाउँपालिकाअन्तर्गतकै तिमाङ खोलामा आएको बाढीले पनि सडक अवरुद्ध भएको छ । मोटरेबल पुलको व्यवस्था नरहेको तिमाङखोलामा पानीको बहाव बढेपछि सवारी आवातजावत बन्द भएको हो । 

जिल्लाकै तीन ठाउँमा सडक अवरुद्ध भएपछि यात्रु निकै समस्यामा परेका छन् । माथिल्लो मनाङसम्म पुग्ने यात्रु तीन तीनवटा सवारी फेर्न बाध्य छन् । तिमाङभन्दा तल केही सवारी पाइए पनि माथिल्लो मनाङमा भने सवारी साधन पाउन मुश्किल भएको छ । सडक अवरुद्धका कारण सामान ढुवानी रोकिँदा मनाङका व्यवसायी थप समस्यामा परेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान