२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा ‘एक घर एक धारा’ अभियान

३१ श्रावण २०७५, बिहीबार ०६:५८

साउन ३१, बैतडी | बैतडीको दोगडाकेदार गाउँपालिकाले ‘एक घर एक धारा’ अभियानलाई निरन्तरता दिएको छ । स्थानीय पानीको स्रोतको खोजी गरी गाउँपालिकाका चार हजार ५०० घरधुरीमा खानेपानी धारा पुर्याइने भएको छ । 

प्रत्येक घरमा धारा पुर्याउने उद्देश्यले खानेपानीको पहँुचबाहिरका नागरिकलाई सौर्य पम्पिङ प्रणालीबाट खानेपानीको व्यवस्था गर्न लागेको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । विभिन्न चार वटा सोलार पम्पिङ प्रणालीबाट खानेपानी आयोजना सम्पन्न भइसकेको छ । वडा नं ३ श्रीकोटमा होपरी खानेपानी आयोजना थामु, वडा नं २ मा डाडाइजर खानेपानी आयोजना, वडा नं ५ न्वालीमा भल्वा खानेपानी आयोजना र वडा नं ६ मा लेक खानेपानी आयोजना सम्पन्न भएको उहाँले बताउनुभयो । 

सौर्य पम्पिङ प्रणालीबाट खानेपानीका लागि गत वर्ष नै एक करोडभन्दा बढी रकम विनियोजन भएको थियो । गाउँपालिकाले गत वर्ष चार वटा सोलार पम्पिङ प्रविधिबाट ३२ वटा खानेपानी आयोजना निर्माण गरेको जनाएको छ । सोलार पम्पिङ प्रणालीबाट खानेपानीको व्यवस्था भएसँगै त्यस क्षेत्रका नागरिकलाई सजिलो भएको छ । अगामी ४ वर्षमा दोगडाकेदारवासीको प्रत्येका घरमा पानीको धारा पुर्याउने उद्देश्यले एक घर एक धारा अभियान चलाइएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ