२४ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीबाट श्रिमानको गुहार- ‘बलात्कारीले मेरो परिवारको खुसि लुट्यो !’

३१ श्रावण २०७५, बिहीबार १४:५४

साउन ३१, काठमाडौँ | साझा सबाल मिडियालाई प्युठान स्थायी घर भएका एक युवाले साउदिबाट संदेश पठाए । संदेश यस्तो थियो… 

'हजुर सर नमस्ते, मेरो नाम धन बहादुर (नाम परिवर्तन), ठेगाना नौबहिनी गाउँपालिका … (पुरा ठेगाना गोप्य राखिएको), म अहिले साउदि अरवमा छु । ३३ महिना पुग्यो । म घरबाट निस्केको २ महिना जति हुँदा मेरो घरमा गाउँकै तोपे सुनुवारले मेरो श्रीमती लक्ष्मी दमै (नाम परिवर्तन) दुई सन्तान छोरा-छोरी सहित घरमा राती सुतेका बेला जबर्जस्ती आएर बलात्कार गरेछ, अनी डर धम्की देखाइ 'तेरो बुढासँग भनिदिन्छु' भन्दै त्यसपछि पनि डर देखाउँदै पटक-पटक बलात्कार गर्दै आएको रहेछ । उक्त घृणित कार्य अति भएपछि मेरी श्रीमतीले मलाई भनिन् । र मेरो सल्लाह बमोजिम मेरी श्रीमतीले आफ्नो न्यायको लागि प्रहरी चौकीमा रिपोर्ट लेखाइन् । र अहिले उ प्रहरी हिरासतमा छ । हाम्रो बिहे १० बर्ष अगाडि भएको हो र हाम्रो एउटा हासी-खुशी परिबार थियो जुन अहिले त्यस बलात्कारीको कारण लुटिएको छ । छोरा ८ बर्षको र छोरी ६ बर्षकि छन् । मेरो बैदेशिक रोजगारीको बाध्यता त्यस बलात्कारीलाई मौकाको फाइदा बनेछ । हामी दु:खी गरिबको आवाजलाई सम्बन्धित निकायसम्म पुर्याउनको निम्ति हजुरलाई हार-गुहार गरेको हुँ । यो संदेश बाध्यताले गरेको हुँ, यस्ता कुराहरु समाजमा कसरी दबिएर बस्दा रहेछन् र मेरी श्रीमती जस्तै कति कतिका श्रीमतीहरु आफूमाथि अन्याय सहेर पनि गुपचुप बस्दा रहेछन् भन्ने कुरा मैले मेरो श्रीमतीबाट बुझें । यो घटनामा मेरो अनपढ श्रीमतीलाई डर देखाई-देखाई छोरा-छोरी मारिदिन्छु भन्दै धम्काई-धम्काई उसले अस्मिता लुतेछ । तर निरन्तर लुटिएकि मेरी श्रीमतीले मलाई सबै कुरा भनेपछि आफूले बुझेर अरुलाई पनि यस्ता घटनाबाट सतर्क रहन आग्रह गर्दैछु । हामी विदेश आएकाहरुलाई उसै त आफ्नो परिवारको चिन्तन छ, त्यसमा पनि गाउँमा त्यस्ता नरपिपासुले हाम्रो छोरी चेली र श्रीमतीलाई गिद्दे नजर लगाईरहेका हुँदा रहेछन् । अझै पनि त्यो नरपिपासु कानुनी कारवाहीबाट बच्ला र मेरो परिवारलाई अझै लथालिंग बनाइदेला कि भन्ने दिन-रात डर मेरो मनमा पैदा भईरहेछ । त्यसैले पनि तपाइँको माध्यम सम्झिएको हुँ । त्यस्ता नरपिपासुलाई कारबाही हुनैपर्छ सर । 

पिडित के भन्छिन् ? 

केहि दिन अघि माथिको संदेशसंगै साउदीमा रहेका तुक बहादुर दमैले आफ्नी श्रीमतीको मोबाइल नम्बर पनि पठाए । त्यसपछि हामीले उनको श्रीमतीलाई फोन सम्पर्क गर्यौं । उनले निसंकोच आफूमाथि भएको अन्याय खोल्न थालिन् । 'म नपढेको मान्छे, केहि पनि जान्दिन सर । मेरो श्रीमान गएपछि उसले एक दिन मेरो घर छिरेर जबर्जस्ति बलात्कार गर्यो । बलात्कार पछी कसैलाई भनिस् भने तलाई र तेरो छोरा-छोरी मार्दिन्छु भन्दै डर देखाएकोले कुरा खोल्ने आँट भएन । तर त्यो घटना पछि उसले फेरी तेरो बुढालाई भन्दिन्छु भन्दै डर देखाएर मलाई पटक-पटक बलात्कार गर्यो ।' 

उनको अनुसार पटक-पटक श्रीमानलाई भन्दिन्छु भन्दै बलात्कार गर्न थालेपछि असह्य भएर लक्ष्मी दमै (नाम परिवर्तन) आफैले श्रीमानलाई आफूमाथि भएको घटनाबारे गत असार २८ गते मुख खोलेकी थिइन् । 

उनि भन्छिन 'उसले मलाई डर देखाएर पटक-पटक बलात्कार गर्यो, अहिले जेलमा छ तर उसले सहमति भएर गरेको हो, मलाई पनि जेलमा ल्याउनुपर्छ भन्दै छ रे ! म बोल्न नजान्ने मान्छे सर, मलाई जिन्दगीभर दु:ख दिने भयो भन्ने सोचेर आफैले शाहस गरेर श्रीमानसँग मुख खोलेको हुँ । उहाँले सुरुमा त अब म तलाई स्वीकारदिन, उसैसँग जा भन्नुभएको थियो तर पछी उहाँले नै प्रहरीलाई गएर रिपोर्ट गर्न भन्नु भएपछी मैले प्रहरीलाई निवेदन दिएको हुँ तर अझै उ (बलात्कारी) जेलबाट छुटेर आएर केहि गर्छ कि भन्ने डर हामीलाई छ ।'  

पछिल्लो समय साउदीमा रहेका श्रीमानले तपाइँलाई कस्तो व्यवहार गर्नुहुन्छ ? भन्ने साझा सबालको प्रश्नमा लक्ष्मी (नाम परिवर्तन) भन्छिन् -'उहाँले हाम्रो दुई छोरा-छोरी छ, त्यसैले पनि म तलाई छोड्दिन, तर उसले जेल खान्छ भने मात्र तलाई म स्वीकार्छु नत्र म स्वीकार गर्दिन, भन्नुहुन्छ ।'  

लक्ष्मीको अनुसार आफुलाई बलात्कार गर्ने तोपे सुनुवारले उनलाई पढ्न पनि नजान्ने र घरमा कोहि पनि नभएकी महिला ठानेर गलत काम गर्ने आँट गरेका हुन् । सुनुवारले गाउँमा दादागिरि गर्नेदेखि गाउँका बुढापाकालाई समेत पिट्ने गरेको पिडितको भनाई छ । पिडितको अनुसार गत जेठ ५ गते गाउँकै १४ बर्षीय बालिकालाई पनि उनले गलत कार्य गरेका थिए तर गाउँलेले एक पटकलाई भन्दै घटना गाउँमै साम्मे पारेका थिए । 

बलात्कारको सृंखला यसरी सुरु भयो… 

पिडितको अनुसार – 'श्रीमान विदेशमा थिए, अहिले पनि विदेशमै हुनुहुन्छ । मेरो साथमा नावालक ६ बर्षकी छोरी र ८ बर्षका छोरा मात्र थिए । मङ्सिर महिना थियो । बाहिरबाट कसैले ढोका खोल्न भन्यो – मैले आफ्नो भाई आएछ भन्ने ठानेर ठोका खोल्ना साथ एक्कासी उ भित्र छिर्यो । मैले किन अर्काको घरमा राति १० बजे यसरी छिरेको ? भन्दा केहि जवाफ नदिएर एक्कासी मलाई छोपेपछि मलाई जबर्जस्ति गर्न थाल्यो । कराउन सकिन, ओल्लो ढोकाबाट पल्लोतिर र पल्लोतिरबाट ओल्लोतिर फाल्यो… त्यसरी मलाई बलात्कार गर्यो । अनि पछी मलाई कसैलाई भनिस् भने तलाई म बाच्न दिन्न, तेरो परिवारको जसलाई भेट्यो उसैलाई मार्छु भनेर धम्कायो । मलाई मेरो श्रीमान, छोरा-छोरालाई मार्छ कि, मलाई मार्छ कि भन्ने डर भयो, त्यसैले पनि कुरा खोल्ने आँट आएन । पछी उसले पटक-पटक श्रीमानलाई भन्दिन्छु भन्दै डर देखाउंदै बलात्कार गरेपछी अति भएर आफैले श्रीमानलाई भन्न बाध्य भएँ । उसले गाउँमा समेत ४९९ पुग्यो अब १ जनासँग भयो भने ५०० पुग्छ भनेको रहेछ । अरुको जे होस् मेरो जिन्दगी बर्वाद गर्दियो । 

आरोपी तोपे सुनुवार कारागारमा 

साझा सबाल मिडियाले यस बिषयमा थप जानकारी लिन सम्बन्धित प्रहरी कार्यालयमै सम्पर्क गर्दा आरोपी तोपे सुनुवार पुर्पक्षको लागि कारागार चलान गरेको छ । आरोपी सुनुवार विरुद्ध बलात्कार मुद्दा परेको र अदालतबाट फैसला हुने क्रममा रहेको प्युठान जिल्ला प्रहरी कार्यालयका सई नरेश ढकालले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अदालतको आदेशलगत्तै १० लाख बुझाएर अन्जला कोइराला रिहा लेखा समिति सभापति ऋषिकेशपत्नी अन्जलासँग १० लाख धरौटी माग बुवा र भाइको ज्यान लिने मिलन– ‘मलाई कम सजाय दिलाइदिनुस्, छुटेपछि मैले आमालाई हेर्नुपर्छ’ बङ्गलादेशले रद्द गर्‍यो शेख हसिनाको पासपोर्ट पर्यटन राज्यमन्त्री चौधरीविरुद्धको मुद्दामा फेरि सर्‍यो निसु विपिनको रिहाइका लागि पहल गरिदिन इजरायली राजदूतलाई परराष्ट्रमन्त्रीको आग्रह अस्ट्रेलियामा मृत्यु भएकी नर्स दीक्षाबारे नयाँ खुलासा लगातार दोस्रो दिन बढ्यो नेप्से, कारोबार रकम पनि वृद्धि ड्युटीमै ढलेका प्रहरी सहायक हवल्दारको मृत्यु रवि लामिछाने पक्षका वकिलको बयान सकियो, हिरासतमुक्त होलान् ? मूलपानी क्रिकेट मैदानको स्रोत सुनिश्चितता गर्न निर्देशन बागमतीविरुद्ध आर्मीले जोड्यो पहिलो पालीमा २७६ रन, इमरान र बसिरले अर्धशतक हिर्काए गृहमन्त्री लेखकसहित ५ सांसदविरुद्धको अदालतको अवहेलना मुद्दा हेर्न नमिल्नेमा अष्ट्रेलियाको सिड्नीमा नेपाली महिलाको शंकास्पद मृत्यु जय ट्रफी : मयनको अर्धशतकका बावजुद मधेसलाई पुलिसले गर्‍यो १२९ रनमै अलआउट वाईफाईबारे विवाद हुँदा ८० वर्षीय हजुरबुवाको हत्या, समातिए नाति-नातिनी काठमाडौंका कैदीलाई नुवाकोट सारिँदै, किन? गायक उदित नारायण बस्ने अपार्टमेन्टमा आगो लागेपछि… कुवेतमा निस्सासिएर २ नेपाली महिला श्रमिकको मृत्यु पोल्याण्ड पठाइदिन्छु भन्दै ८० लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ