२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

घर फर्कंदा न घर छ, न आफूलाई जीवनभर साथ दिने श्रीमती नै !

२ भाद्र २०७५, शनिबार ०३:२२

भदौ २, बागलुङ | अघिल्लो दिन गोठमा खर्च छाडेर घर फर्केकी श्रीमतीसँगको त्यो भेट नै मानबहादुर शाहीको जीवनमा अन्तिम बन्यो । बुधबार बिहान खसेको पहिरोले घर मात्र लगेन शाहीकी श्रीमती ६५ वर्षीया धनकुमारी र ३५ वर्षीया बुहारी डल्ली पनि संगै पुरिए । निसीखोला गाउँपालिका–३ घुमाउनेका ६५ वर्षीय शाहीको खुशी पहिरोले लुटेपछि अहिले उहाँको न साथ रह्यो, नत बास नै । 

शाही साताअघि मात्र गाईवस्तुसहित घरमाथिको गोठ जानुभएको थियो । घरमा श्रीमती, बुहारी र तीन वर्षीय नाति विनोद शाही थिए । भाग्यले विनोद भने बाँच्न सफल भएका छन् । गोठबाट घर फर्कंदा न घर छ, न आफूलाई जीवनभर साथ दिने श्रीमती नै । श्रीमती र बुहारीको वियोगले छट्पटाइरहनुभएका शाहीका आँखा अझै ओभाएका छैनन् । घर, भएको जायजेथा र अन्नपातसमेत पहिरोमा परेपछि शाहीको उठिबास भएको छ । माइलो भाइ खड्कबहादुरको घरमा मृतकका काजकिरीया भइरहेको छ । 

“गोठमा रहनुभएका श्रीमानलाई खर्च छोडी आलु ल्याएर मङ्गलबार घर फर्कनुभएको थियो,” धनकुमारीलाई सम्झदैँ छिमेकी जुनविक्रम शाहीले भन्नुभयो, “बुधबार बिहानै दुःखद् घटना भयो ।” 

अवोध नाति लिएर भाइको घरमा बस्नुभएका शाहीको पुर्नबासको लागि तयारी भइरहेको वडाध्यक्ष समेत रहनुभएका उहाँले बताउनुभयो । 

“श्रमदान जुटाएर घर बनाइदिने योजना छ,” उहाँले भन्नुभयो, “जस्ता, फलाम र अन्य निर्माण सामग्रीको खाँचो छ ।’ अस्थायी प्रकृतिको भए पनि घर बनाएर शाहीको परिवारलाई पुनःस्थापित गर्ने सोच स्थानीयवासीको छ । जिल्ला विपद् व्यवस्थान समिति र गाउँपालिकाले राहत रकम प्रदान गरेका छन् । 

प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल नेतृत्वको टोलीले घटनास्थलमै पुगी राहत रकम रु दुई लाख २० हजार र गाउँपालिकाले रु ७५ हजार उपलब्ध गराएको छ । थप राहत जुटाउन पहल गरिने गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताउनुभयो । 

“शाही परिवारमा परेको दुःख, पीडामा गाउँपालिका साथमा छ’’ उहाँले भन्नुभयो, “तत्कालीन राहत उपलब्ध भएको छ, दिर्घकालीन व्यवस्थापनमा पनि सघाउँछौं ।’’ वडा कार्यालय र गाउँपालिकाकाले विपद्मा परेका परिवारलाई सहयोग गर्न सबै पक्षसँग अनुरोध गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै