२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा बसले टेम्पोलाई ठक्कर दिँदा एकको मृत्यु, ७ घाइते

२०७५, ५ भाद्र मंगलवार ०५:५१

भदौ ५, गौशाला | पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासमा सोमबार बसले टेम्पोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । सात घाइते भएका छन् । 

मृत्यु हुनेमा टेम्पो चालक बर्दिबास नगरपालिका–५ का ५० वर्षीय होमबहादुर लोप्चन रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । काँकडभिट्टाबाट पश्चिमतर्फ आइरहेको मे१ख २५३७ नं को बसले टुटेश्वरनाथ बोलबमबाट बर्दिबासतर्फ आउदै गरेको ज१ह ११२६ नं को टेम्पोलाई बर्दिबास–५ लचकामा ठक्कर दिएको हो । 

घाइते लोप्चनको जनकपुरस्थित जानकी हेल्थ केयर सेन्टरमा उपचारका क्रममा मृत्यु भएको थियो । घाइते पाँच जनाको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते बर्दिबास–५ का सङ्गीता लामा र सुकमाया घिसिङलाई उपचारका लागि काठमाडौँ पठाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै