<p><b>भदौ ५, जाजरकोट । </b>खोलाले बगाएर जाजरकोटमा आज दुई जनाको मृत्यु भएको छ । </p><p>मृत्युहुनेमा जाजरकोट जुनिचाँदे गाउँपालिका–४ लुहादहका ६ वर्षीय महेश चदारा रहेको छ । अभिभावकसँग घरबाट कोर्ताङ जाने क्रममा बडा खोलाले बगाई उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । </p><p>यसैगरी भेरी नगरपालिका–१ डौरीकाँडाकी १५ वर्षीया पुष्पा चदाराको दारखोलाले बगाई आज मृत्यु भएको छ । मिलमा मकै पिसाउन जाँदा दारखोला तर्ने क्रममा खोलाले बगाई उनको मृत्यु भएको छ । <b> </b>रासस</p>
