२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देवानी संहिताको पहिलो प्रयोगः पुरुषले दिए सम्वन्ध विच्छेदको मुद्धा

२०७५, ६ भाद्र बुधबार ०३:००

 प्रेम सुनार, भदौ ६, बुटवल । बागलुङमा आफु खुशी माईत बस्ने , सरसल्लाह र सम्पर्कमा नआई सताउँदै आएकी एक महिला संग पिडित भएको भन्दै एक जना पुरुले सम्वन्ध विच्छेदको मुद्धा अदालतमा दिएका छन ।  बागलुङ नगरपालिका वडा नं ८ बस्ने जित बहादुर थापाले आफ्नी श्रीमती संग सम्वन्ध विच्छेद गरी पाउँ भनि मुद्धा दिएका हुन । आफुलाई ४ वर्ष भन्दा बढि समय देखि  जानकारी नदिई आफु खुसी बसेको, बोलाउदा नआएको भन्दै बागलुङ जिल्ला अदातलमा सम्वन्ध विच्छेद मुद्दा दर्ता गराउन आएको उनले बताए । 


आफु हाल विदेशमा भएको, नेपालमा जागीर हुदाँ पनि श्रीमतीको कारणले जागीर छाड्नु परेको ।  श्रीमतीले घर तथा ब्यवहार नहेरी आफुखुसी बस्दै आएकीले अन्यायमा परी सम्वन्ध विच्छेद मुद्दा दर्ता गरेको मुद्धामा उल्लेख गरिएको अदालत श्रोतले जनाकएको छ ।  

नयाँ मुलुकी संहिता लागु भए पछि पुरुषले पनि सिधै अदालतमा गएर श्रीमती उपर सम्वन्ध विच्छदेको मुद्दा दर्ता गर्न पाउने अधिकारको ब्यवस्था भए सँगै जिल्ला अदालत बागलुङमा आई सम्वन्ध विच्छेदको मुद्दा दर्ता गरेको यो नै पहिलो मुद्दा हो । 

यस अघि सिधै अदालतमा आई मुद्वा दर्ता कानूनी ब्यवस्था थिएन । मुलुकी देवानी (संहिता)  २०७४ को दफा ९४ क र ख का आधारमा जित बहादुरले यो मुद्दा दर्ता गरेका हुन ।

अधिवक्ता राम शर्माले बागलुङ जिल्लामा श्रीमानले श्रीमतीलाई सिधै अदालतमा आई सम्वन्ध विच्छेद मुद्दा दर्ता गरेको यो पहिलो घटना भएको र कानूनमा भएको ब्यवस्था अनुसार पुरुषले पनि सम्वन्ध विच्छेद गर्न अदालतमा जाने अधिकार भएकाले यो मुद्दा आफुले लेखेको बताए ।

२०७५ भदौ १ गते देखि नयाँ कानून मुलुकी संहिता ऐन, कार्यविधी, मुलुकी फौजदारी संहिता ऐन तथा कार्यविधी लागु भए पश्चात जिल्ला अदालत बागलुङमा दर्ता भएको पहिलो मुद्दा भएकाले जिल्ला अदालत बागलुङका न्यायाधीश प्रकाश प्रसाद पण्डित र श्रेस्तेदार राम बहादुर थापाले फुल तथा अवीरले स्वागत गरेका थिए।

 देवानी र फौजदारी संहिता लागु भए पश्चात बागलुङमा मुद्दा परेका थिएनन । यो सम्वन्ध विच्छेद मुद्दा सगै बागलुङ नगरपालिका वडा नं २ का व्यवसायी उमेश केसीले चेक अनादर मुद्दा पनि दर्ता गराएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा