२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

ठूला उद्योग व्यवसायमा सहकारीले लगानी गर्नुपर्छ: मन्त्री ढुङ्गेल

७ भाद्र २०७५, बिहीबार १३:०३

भदौ ७, दोलखा | जलस्रोत र पर्यटकको हब मानिएको दोलखा पछिल्लो समय सहकारी हबको रुपमा विकास हुँदै आएको छ । 

जिल्लास्थित सफल सहकारी मिलिजुली साकोसले २५ वर्ष पार गरेको उपलक्ष्यमा आज यहाँ आयोजित रजत महोत्सव तथा भवन शिलान्यास समारोहमा प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले सहकारीले अब ठूला उद्योग व्यवसायमा समेत लगानी गरेर सरकारको तीन खम्बे नीतिलाई सफल बनाउनुपर्ने बताउनुभयो । 

सहकारीमा सुशासन र पारदर्शिता हेर्ने हो भने दोलखाको सहकारीको अध्ययन गर्नुपर्छ, उहाँले भन्नुभयो, “जिल्लाको दिगो विकासका लागि यहाँका सहकारीले लगानी विस्तार गर्नुपर्दछ ।” 

सो अवसरमा मन्त्री ढुङ्गेलले साकोसद्वारा प्रकाशित मिलिजुली स्मृति पुस्तकको पनि विमोचन गर्नुभयो । 

विसं २०६८ सालमा एक्सेस ब्राण्डका लागि प्रक्रिया शुरु गरेको मिलिजुलीलाई २०६९ सालमा राष्ट्रिय सहकारी बैङ्कले मध्यमाञ्चलको उत्कृष्ट सहकारी घोषणा तथा २०७१ मा नेफस्कुनले नेपालकै उत्कृष्ट सहकारी घोषणा गरेको थियो । 

त्यस्तै आर्थिक वर्ष २०७१÷२०७२ मा आन्तरिक राजश्व कार्यालयबाट उत्कृष्ट करदाताको सम्मान तथा २०७४ सालमा एक्सेसको ब्रोञ्च ब्राण्ड पाएको साकोसले अहिले सिलवर ब्राण्ड लिने तरखर गरिरहेको साकोसका अध्यक्ष नारायणबहादुर श्रेष्ठले जानकारी दिनुभयो । 

समारोहमा दोलखाका सहकारी अभियन्ताहरु यज्ञराज ढुङ्गले, डीबी बस्नेत र गोकुलध्वज कार्की, मिलिजुली साकोसका संस्थापक अध्यक्ष रामदास श्रेष्ठ तथा पूर्वअध्यक्ष गङ्गासागर श्रेष्ठ र कृष्णबहादुर दाहाललाई सम्मान गरिएको थियो । 

विसं २०५० भदौ ७ गते २५ जना शेयर सदस्यले स्थापना गरेको मिलिजुली साकोसमा अहिले बालबचत सहित झण्डै २५ हजार सदस्य, कूल वासलात रु ८६ करोड ५४ लाख ५४ हजार ६९२, शेयर पूँजी रु सात करोड १० लाख, बचत रु ५८ करोड ६७ लाख १ हजार ७७७ र ऋण लगानी रु ७१ करोड १९ लाख ५५ हजार ९७० रहेको मिलिजुली साकोसका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले जानकारी दिनुभयो । 

यसअघि मन्त्री ढुङ्गेलल साकोसको भवन शिलान्यास गर्नुभएको थियो । करीब रु ८ करोडको लगानीमा तीन वर्षभित्र पाँच तलाको भवन निर्माण गर्ने लक्ष्य लिएको साकोसको उपाध्यक्ष कृष्णबहादुर गौतमले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ