२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुर घटना: प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख फेरिए, छानबिन समिति गठन

२०७५, ७ भाद्र बिहीबार १७:५७

भदौ ७, काठमाडौँ | गृह मन्त्रालयले कञ्चनपुर भिमदत्त नगरपालिकाकी १३ वर्षिया बालिका बलात्कारपछि हत्या भएको छटनाबारे विस्तृत छानबिन तथा अनुसन्धान गर्न मन्त्रालयका सहसचिव हरीप्रसाद मैनालीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । 

पाँच सदस्यीय समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक रामप्रसाद श्रेष्ठ, सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक वसन्त बानियाँ र अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र प्रदेश नं ७ का आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव विरेन्द्र केसी रहनुभएको छ । समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न समय तोकिएको मन्त्रालयले जनाएको छ । 

यसैबीच गृह मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै बालिका निर्मला पन्तको मृत्युको विषयलाई लिएर कञ्चनपुरमा भइरहेको विरोध प्रदर्शनलगायतका घटनाहरुको सम्बन्धमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

विज्ञप्तिमा साउन १० गते साँझ निज बालिका घर परिवारको सम्पर्कमा नआएको प्रहरीलाई जानकारी हुनासाथ खोजतलास गर्ने क्रममा साउन ११ गते बिहान बालिकाको शव फेला परेको उल्लेख छ । 

घटनाको गम्भीरतालाई दृष्टिगत गरी घटना घटेको मितिदेखि नै स्थानीय प्रहरीले अनुसन्धान गरिरहेकोमा गृह मन्त्रालयको निर्देशनमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट प्रहरी नायव उपरीक्षक नेतृत्वको विशेष अनुसन्धान टोली अनुसन्धान कार्यलाई तीव्रता दिन खटाइएको विज्ञप्तिमा उल्लेख छ । 

अनुसन्धान टोलीले तत्काल देखिएको प्रमाणका आधारमा भीमदत्त नगरपालिका– १९ का दिलीपसिंह विष्टलाई भदौ ५ गते पक्राउ गरी थप अनुसन्धानसमेत भइरहेको छ । उक्त घटनाको अनुसन्धानमा नेपाल प्रहरीका अतिरिक्त अन्य सुरक्षा निकाय तथा विशेष दक्ष जनशक्तिसमेत परिचालित भइरहेको गृह मन्त्रालयले जनाएको छ । 

विज्ञप्तिमा भनिएको छ , ‘‘ राज्य कहिले पनि अपराधी र अपराधमैत्री हुन सक्दैन र भएको पनि छैन । स्थानीय प्रशासन तथा प्रहरीले समग्र नागरिकको जीउधन एवं सार्वजनिक सम्पत्तिको संरक्षण गरी जनजीवनलाई सामान्य वनाइ राख्न कानून प्रदत्त अधिकार प्रयोग गर्नु नै पर्ने हुन्छ ।” 

स्थितिलाई संयमित बनाइराख्न सहयोग गर्नु सबैको कर्तव्यसमेत भएकोले यसमा सबैको सहयोगको लागि गृह मन्त्रालय हार्दिक अपिल गर्दछ । 

बालिका मृत्युको निन्दनीय घटनाप्रति पुनः दःख व्यक्त गर्दै यस प्रकारका जघन्य अपराधमा संलग्न जो कोहीलाई पनि कानूनी कारवाही हुने र अनुसन्धान कार्यमा संलग्न पदाधिकारीबाट समेत यदि कुनै कमीकमजोरी गरे गराएको पाइएमा कानूनअनुसार कडा कारवाही गरिने विषयमा गृह मन्त्रालय सदैव प्रतिवद्ध रहेको मन्त्रालयले जनाएको छ । 

समस्याको समाधान शान्तिपूर्ण र विधिसम्मत ढङ्गबाट हुने नै हुँदा शान्ति सुव्यवस्था कायम राखी थप जनधनको क्षति हुनबाट रोक्न आ–आफ्नो स्थानबाट सहयोग गर्न समेत सम्बद्ध सबैमा गृह मन्त्रालयले अनुरोध गरेको छ । 

प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख फेरिए 

सोही घटनाको कारण गृह मन्त्रालयले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख परिवर्तन गरेको छ । 

कञ्चनपुरमा नयाँ प्रजिअको रुपमा सहसचिव तारानाथ अधिकारीलाई पठाइएको छ । गृह मन्त्रालयको विज्ञप्तिमा कञ्चनपुरमा कार्यरत प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा प्रहरी नायब उपरीक्षकलाई तत्काल फिर्ता बोलाई निजहरुको स्थानमा नयाँ पदाधिकारीसमेत खटाइसकिएको जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी