२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका स्थानीय तहले खर्च विवरण बुझाएनन्

८ भाद्र २०७५, शुक्रबार ०५:५८

भदौ ८, बैतडी | कुनै पनि स्थानीय तहले कोष तथा लेखा नियन्त्रकको कार्यालयमा खर्च विवरण नबुझाएको जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालय जनाएको छ । 

उक्त कार्यालयबाट निकासा भएको रकमको खर्च विवरण बुझाए पनि स्थानीयतहले आफ्नो वास्तविक खर्च भने बुझाउन नसकेको उक्त कार्यालयका प्रमुख बासुदेव जोशीले बताउनुभयो ।साउन मसान्तसम्म स्थानीय तहले आफ्नो खर्च विवरण बुझाइसक्नुपर्ने थियो तर अहिलेसम्म पनि नबुझाएकाले एक हप्ताको समयसँगै फारमको नयाँ ढाचाँ सबै स्थानीय तहलाई दिइएको उहाँको भनाइ थियो । 

कार्यालय प्रमुख जोशीले भन्नुभयो, “सबै स्थानीय तहलाई भदौको पहिलो हप्ताभित्र सबै खर्च विवरण बुझाउन भनिएको छ ।” उक्त जिल्लामा छ गाउँपालिका र चार नगरपालिका गरी १० स्थानीय तह छन् । 

गाउँपालिकामा तालाबन्दी 

सुर्नया गाउँपालिका कार्यालयमा स्थानीय युवाले तालाबन्दी गरेका छन् । गाउँपालिकामा सार्वजनिक सुनुवाइ गर्नुपर्ने माग गर्दै उनीहरूले अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । यसअघि भदौ १ गते पनि सार्वजनिक सुनुवाइको माग गर्दै उनिहरुले प्रेस विज्ञप्ति जारी गरेका थिए । 

गत असारमै आर्थिक वर्ष ०७४÷७५ मा सम्पादन भएका क्रियाकलापका विषयमा नागरिकलाई जानकारी दिनुपर्ने भन्दै युवाले साउन महिनाको शुरुदेखि नै सार्वजनिक सुनुवाइको माग गर्दै आएकामा बेवास्था गरिएकाले तालाबन्दी गर्न बाध्य भएको सुर्नया कृषि अभियान युवा क्लबका अध्यक्ष नरेश बिष्टले बताउनुभयो । 

यसअघि उक्त क्लबले गत साउन १९ गते युवा स्वरोजगार बहसको आयोजना गरी युवाका माग गाउँपालिकाको नीति तथा कार्यक्रममा समेटिनुपर्ने माग गरे पनि गाँउपालिकाले आगामी आव ०७५÷७६ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा युवा शब्दसमेत उल्लेख नभएको युवाले बताएका छन् । 

गाउँपालिका अध्यक्ष वीरबहादुर बिष्टले कर्मचारीका तर्फबाट जवाफ दिने प्रमुख प्रशासकीय अधिकृत गणेश ऐरी ३५ दिने तालीमका क्रममा जिल्ला बाहिर रहेका कारण सार्वजनिक सुनुवाइ गर्न नसकिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ