२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङ नगरपालिकाद्वारा कर समायोजन

९ भाद्र २०७५, शनिबार ०५:४३

भदौ ९, बागलुङ | बागलुङ नगरपालिकाले १५ प्रकारका व्यवसायमा लाग्ने कर घटाएको छ । दैनिक उपभोग्य सामान (थोक विक्री), अफसेट प्रेस, बस, ट्रक बिक्रेता, गाईभैसी फार्मलगायतका व्यवसायमा करको दर कटौती गरिएको हो । 

गत आवमा दैनिक उपभोग्य सामान थोकमा रु सात हजार कर लिइएकामा चालु आवमा रु. पाँच हजार ५०० तोकिएको छ । त्यस्तै अफसेट प्रेसको रु १० हजारबाट रु सात हजार, बस, ट्रक बिक्रीमा रु १२ हजारबाट १० हजार कायम गरिएको छ भने गाईभैसी फार्ममा रु एक हजार ५०० लिने गरिएकामा अहिले रु एक हजार बनाइएको छ । कपडा तथा छाला जुत्ता मर्मत, सिलाइ केन्द्र, स्वदेशी शैलुन, पोल्टी फार्म, कपास ‘रिसाइक्लिङ’ मा पनि कर घटाइएकोे छ । जनजीवनसँग प्रत्यक्ष जोडिएका व्यवसायमा कर घटाइएको नगरपालिकाका उपप्रमुख एवं राजश्व परामर्श समितिका संयोजक सुरेन्द्र खड्काले बताउनुभयो । 

नगरसभाको निर्णयअनुसार गत आवमा तोकिएको करलाई समायोजन गरिएको उहाँको भनाइ थियो । नगरपालिकाले कतिपय व्यवसायमा भने चालु आवमा कर वृद्धि गरेको छ । तेह्र प्रकारका व्यवसायमा गत वर्षको तुलनामा यो वर्ष कर बढाइएको हो । सबैखाले उत्पादनका वितरक, डिलर, फेसन, ज्वेलर्स, रङ्गरोगन, सीसा, प्लाइ, फेन्सी, कपडा तथा छाला जुत्ता, ग्रील उद्योग, मदिरा फलफूल तथा तरकारी, पशुपंक्षी दाना पसल लगायतमा पनि कर बढेको छ । 

स्थानीय तहले करको बोझ बढेको गुनासो बढिरहेको बेला उक्त नगरपालिकाले भने केही राहत दिलाउने काम गरेको छ । सर्वसाधारणको मनोभावना बुझेर सेवा तथा सिफारिशलाई निःशुल्क बनाइएको उपप्रमुख खड्काले बताउनुभयो । “बाहिर सुनिएजस्तो गरी करको बोझ थपिएको छैन,” उहाँले भन्नुभयो, “कर प्रणालीलाई प्रगतिशील बनाउनतिर लाग्छौँ ।” 

व्यवसायीसँग समन्वय गरेर नै करलाई व्यवस्थित गरिने जानकारी दिँदै नगर प्रमुख जनकराज पौडेलले नगरपालिकाले उठाउने करको केही हिस्सा व्यवसायीकै हितमा प्रयोग भइरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “कर वृद्धिमा भन्दा दायरा बढाउनेतिर हाम्रो जोड छ ।” बागलुङ उद्योग वाणिज्य सङ्घले भने नगरपालिकाले अनावश्यक रूपमा कर बढाएको आरोप लगाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै