२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुन्दर र सभ्य परिचयका लागि सरसफाइ: मुख्यमन्त्री शाही

२०७५, ९ भाद्र शनिबार ०७:४२

भदौ ९, सुर्खेत | कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मानव समाजको सुन्दर र सभ्य परिचय दिन सरसफाइ अपरिहार्य भएको बताउनुभएको छ । 

नेपाल मानव धर्म सेवा समिति सुर्खेतद्वारा आज यहाँ आयोजित ‘नगर सरसफाइ’ कार्यक्रमको उद्घाटन गर्दै उहाँले सरसफाइबाट स्वस्थ्य, स्वच्छ, सुन्दर र सभ्य समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

मुख्यमन्त्री शाहीले “जहाँ सरसफाइ छ, त्यहाँ मानव आकर्षण बढ्छ, जसको फाइदा सम्बन्धित क्षेत्र, स्थान र समाजले नै लिन्छ ”, भन्दै सुन्दर, शान्त र आदर्श समाज निर्माणमा साथ दिन सबैलाई आग्रह गर्नुभयो । 

“सपार्ने र बिगार्ने दुवै काम हामीमा निहित छ, त्यसैले आउनोस् सुन्दर वीरेन्द्रनगरसहित समृद्ध कर्णाली प्रदेश निर्माणका लागि सबै जुटौँ, रुख रोपौँ, फूल रोपौँ र चेतनामा परिवर्तन गरौँ”, उहाँले भन्नुभयो, “सुन्दर र समृद्ध कर्णाली प्रदेशको निर्माणका लागि आफ्नो सरकारले महिनामा दुई दिन श्रम दिवसका रुपमा मनाउने नीतिगत निर्णय गरेको छ । 

नेपाल मानव धर्म सेवा समिति सुर्खेतका अध्यक्ष सन्त महात्मा श्री निर्मला बाइजीले हरेक व्यक्ति मनदेखि सफा हुनुपर्ने बताउँदै शान्त र विकसित समाज निर्माणका लागि भौतिक र अध्यात्मिक कुरालाई संयोजन गरेर अघि बढ्न जरुरी रहेको धारणा व्यक्त गर्नुभयो । 

“नैतिकतालाई सबैले मुख्य मियो बनाएर अघि बढौँ, त्यसैमा हामी सबैको कल्याण छ”, भन्नुभयो । 

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयम्सेवक युवाको सहभागिता थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै