२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुन्दर र सभ्य परिचयका लागि सरसफाइ: मुख्यमन्त्री शाही

९ भाद्र २०७५, शनिबार ०७:४२

भदौ ९, सुर्खेत | कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मानव समाजको सुन्दर र सभ्य परिचय दिन सरसफाइ अपरिहार्य भएको बताउनुभएको छ । 

नेपाल मानव धर्म सेवा समिति सुर्खेतद्वारा आज यहाँ आयोजित ‘नगर सरसफाइ’ कार्यक्रमको उद्घाटन गर्दै उहाँले सरसफाइबाट स्वस्थ्य, स्वच्छ, सुन्दर र सभ्य समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

मुख्यमन्त्री शाहीले “जहाँ सरसफाइ छ, त्यहाँ मानव आकर्षण बढ्छ, जसको फाइदा सम्बन्धित क्षेत्र, स्थान र समाजले नै लिन्छ ”, भन्दै सुन्दर, शान्त र आदर्श समाज निर्माणमा साथ दिन सबैलाई आग्रह गर्नुभयो । 

“सपार्ने र बिगार्ने दुवै काम हामीमा निहित छ, त्यसैले आउनोस् सुन्दर वीरेन्द्रनगरसहित समृद्ध कर्णाली प्रदेश निर्माणका लागि सबै जुटौँ, रुख रोपौँ, फूल रोपौँ र चेतनामा परिवर्तन गरौँ”, उहाँले भन्नुभयो, “सुन्दर र समृद्ध कर्णाली प्रदेशको निर्माणका लागि आफ्नो सरकारले महिनामा दुई दिन श्रम दिवसका रुपमा मनाउने नीतिगत निर्णय गरेको छ । 

नेपाल मानव धर्म सेवा समिति सुर्खेतका अध्यक्ष सन्त महात्मा श्री निर्मला बाइजीले हरेक व्यक्ति मनदेखि सफा हुनुपर्ने बताउँदै शान्त र विकसित समाज निर्माणका लागि भौतिक र अध्यात्मिक कुरालाई संयोजन गरेर अघि बढ्न जरुरी रहेको धारणा व्यक्त गर्नुभयो । 

“नैतिकतालाई सबैले मुख्य मियो बनाएर अघि बढौँ, त्यसैमा हामी सबैको कल्याण छ”, भन्नुभयो । 

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयम्सेवक युवाको सहभागिता थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै