२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुम्लाका पन्चानब्बे प्रतिशत वासिन्दा विमा बाहिर

२०७५, ९ भाद्र शनिबार १७:५०

रेशमराज रोकाया | भदौ ९, हुम्ला | हुम्लाको कुल जनसंख्या ५० हजार ८सय ५८ मध्ये २ हजार ५ सय जनाले मात्र जीवन विमा गरेका छन् । बाँकी रहेका ४८ हजार ३ सय ५८ जना भने विमाको पहुँच भन्दा बाहिर रहेका छन् । विमाको बारेमा प्रयाप्त जानकारी नहुनु र विमाको प्रभावकारीता कम हुनुले हुम्लामा पन्चानब्बे प्रतिशत भन्दा बढी वासिन्दाले विमा सेवा लिन सकेका छैनन । विमा भनेको अर्थ नै थाहा हुन नसक्दा र विमा गर्दा हुने फाईदाको बारेमा जानकारी नहुँदा विमा गर्नेको संख्यामा कमी आएको हो । 

 “विमा ? कुन मेरोे गाउँको आईमाई विमा ?” कारोबारकर्मीको विमा गर्नु भएको छ कि छैन, विमा भनेको थाहा पाउनु भएको छ कि छैन भन्ने प्रश्नको जवाफ खार्पुनाथ गाउँपालिका वडा नं. ५ का जस्मता रोकायाले बताउनु भयो । गाउँमा विमा कम्पनीको कुनै पनि पहुँच नरहेको यो वाक्याँशले चरितार्थ गरेका छ । हुने खाने र पढे लेखेका जमातको लागि मात्र हुम्लाको विमा सुविधा रहेको छ । विमान के को लागि किन गरिन्छ भन्ने कुराको जानकारी नहुनुले यहाँका अधिकाँश वासिन्दाले विमा गर्न पाएका छैनन् ।

जीवनको सुरक्षा र सम्वृद्धीको लागि हुम्लाका वासिन्दाले ध्यान दिएका छैनन् भने स्थापना भएका विमा कम्पनीले ग्रामिण स्तरमा यसको सेवा पुर्याउन नसक्दा विमाको प्रभावकारिता आउन सकेको छैन । हुम्लामा ग्रामिण स्तरमा हुने ठगीको कारण हाल स्थानिय सबै निजी स्तरका कार्यालयबाट कसैले रकम उठाउँदा झस्कने गरेका छन् । यस अघि वेरोजगारलाई रोजगार दिने भनि स्थापना भएको कार्यलयले ग्रामिण स्तरमा प्रति व्यरोजगार १ हजारका दरले लाखौंको रकम उठाएर ठगी गरेको गाउँका वासिन्दालाई ताजै रहेको छ । त्यसै गरी विमाको नाममा युनिटी लाईफ ईन्टरनेसनलले १५ हजारका दरले विमा र अन्य सुविधाको कार्ड फालेर करोडौंंको ठगी पछि हाल हुम्लीवासी विमादेखी त्रसित हुने गरेका छन् । 

चिनेजानेका एजेण्टले गाउँमा केही हुने खाने वर्गलाई विमा गरेको भएता पनि सर्वसाधारणको माझमा विमाले प्रभावकारिता छर्न सकेको छैन । विमाको बारेमा जानकारी नहुनुले पनि विमा गर्नेको संख्या घटेको विमा कम्पनीका कर्मचारीको भनाई रहेको छ । हाल जिल्लामा ३ वटा विमा कम्पनीको कार्यालय स्थापना भएर विमा गरिरहेका छन् । नेपाल लाईफ ईन्स्योरेन्स, शिखर लाईफ ईन्स्योरेन्स र सन नेपाल लाईफ ईन्स्योेन्स कम्पनी मात्र स्थापना भएका छन् । १ दशक देखी काम गर्दै आएको नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीले हुम्लामा धेरै वान्सिदाको विचमा स्थापित कम्पनी रहेको छ । अन्य २ कम्पनी भने भरखरै यो वर्ष देखी मात्र कार्य स्थापना गर्दै आई रहेको छन् । जीवन विमा भने नेपाल लाईफ ईन्स्योरेन्स र सन नेपाल लाईफ ईन्स्योरेन्सले गर्दै आईरहेको छन् भने निर्जिवन विमा शिखर लाईफ इन्स्योरेन्सले गर्दै आईरहेको छ । 


जीवनमा कतिखेर के आपत्ती र विपत्ती आउने हो भन्ने बारेमा यहाँका वासिन्दालाई थाहा हुन सकेको छैन भने आउने विपत्तीलाई के कसरी जोखिमलाई न्यूनिकरण गर्न सकिन्छ भन्ने कुराको ज्ञान नहुँदा हुम्लामा जीवन विमा गर्नेको संख्यामा कमी आएको छ । विमाको महत्व अझै पनि ग्रामिण स्तर र सिमिकोटका हरेक घरधुरीलाई थाहा हुन नसकेको विमा कम्पनीका कर्मचारीले नै स्वीकार गरेका छन् । विमाबाट हुने सम्भावित लाभको बारेमा विमा कम्पनीले जानकारी नगराउनु अनि ग्रामिण स्तरमा विमाको बारेमा जानकारी नहुनु नै हुम्लामा विमा गर्नेको संख्यामा कमी आएको हो । रोजगारमा लागेका सबैले विमा गर्ने हो भन्ने मात्र जनमानसमा छाप पर्नुले पनि यस्तो समस्या हुन गएको हो । सबै रोजगार गर्ने कर्मचारीले पनि विमा नगरेको पाईएको छ । सरकारले स्थायी कर्मचारीको विमा स्वतः गर्ने गरेको भएता पनि आफैले भने थप विमा गर्नेको संख्या पनि बढी रहेको छ । विमा गरेपछि सरकारी पारिश्रामिकमा २० हजार सम्म करमा छुट हुने भएको भएता पनि हाल विमा गर्ने कर्मचारीको संख्या पनि कमै रहेको पाईएको छ । हुम्लामा हाल सबै भन्दा बढी विमांक रकम १ करोड सम्मको रहेको छ । १ करोड रकम बराबरको विमा गर्नेमा मानसरोवर होटेलका मालिक चिन रावत र व्यवसायी थार्पा ऐडी रहेका छन् । 

एका तर्फ विमा गर्नको लागि स्थानिय स्तरमा विमा कम्पनी नहुनु, विमा रकम नियमित तिर्न सक्ने आर्थिक स्थिती नहुनु, बैंक र वित्तिय सस्था सदरमुकाममा मात्र हुनु, विमा कम्पनी पनि सदरमुकाम केन्द्रित हुनुले हुम्लामा विमा गर्नेको संख्या न्यून हुन गएको छ । विमा गर्यो विमांक रकम भन्दा बढी खर्च गरेर विमाको किस्ता तिर्नु पर्ने बाध्यता अझै हुम्लामा कायम रहेको छ । जीवन विमाको यस्तो हालत भईरहेको बेला निर्जिवन विमाको स्थिती भने अझ खराब रहेको छ । निर्जिवन विमा के हो भन्ने अझ यहाँ भरखरै थालिएको शिखर ईन्स्योरेन्सका प्रमुख गंगा बोहोरालो जानकारी दिनु भयो । यसै वर्ष स्थापना भएको केही महिनामा बल्ल तल्ल कुल ग्राहस्थ विमा ३ जनाले, अग्नी विमा  जना, पशु विमा ७ जना र दुर्घटना विमा ६० जनाले मात्र गरेका छन् । यसरी तथ्याँकलाई विश्लेषण गर्ने हो भने विमा गर्नेको संख्या औंलामा गन्न सकिने अवस्थाको रहेको छ । करिब ६ सय अभिकर्ता परिचालन गरेको नेपाल लाईफ ईन्स्योरेन्सले भने अन्य विमा कम्पनीको तुलनामा बढी नै विमा गराएको पाईएको छ ।

हुम्लामा जिल्ला स्वास्थ्य कार्यलय अन्तरगत सञ्चालनमा आउने स्वास्थ्य विमाको सुरुवात झन भएको छैन । देशका अन्य जिल्लामा स्वास्थ्य विमा सुरु भएको भएता पनि हुम्लामा यसको कुनै तयारी समेत भएको छैन । विरामी हुँदा निःशुल्क औषधोपचार लगायतको सुविधा प्राप्त गर्नको लागि स्वास्थ्य विमा लाभदायक भएको भएता पनि त्यो हुन सकेको छैन । त्यसैगरी निर्जीवन विमाको बारेमा अझै कुनै चासो र चिन्ता हुन सकेको छैन । पशु र कृषि विमाको लागि पनि यस्तै हालत रहेको छ । वर्षेनी किसानले पशु र कृषिमा मौसमी रोग र उत्पादनमा कमी हुनुले पनि कृषि र पशु क्षेत्रमा ठूलो क्षती व्यहोर्नु परेको भएता पनि विमा गर्न यहाँका किसानले गर्न सकिरहेका छैनन् । पशु किसानले सयौं संख्यामा पशुपालन गरेको भएता पनि पशुको विमा हुने र त्यसबाट हुने फाईदाको बारेमा कोही कसैलाई थाहा हुन सकेको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै