२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रौतहट डुङ्गा दुर्घटनाः दुईको शव फेला

२०७५, १० भाद्र आईतवार ०६:४५

भदौ १०, गौर (रासस) | डुङ्गा दुर्घटनामा परेका यात्रुमध्ये दुई महिलाको शव फेला परेको छ । तीनजना अझै वेपत्ता छन् । 

गौर नगरपालिका–४ टिकुलियाघाटस्थित लालबकैया नदीमा शनिबार साँझ डुङ्गा दुर्घटना भएको थियो । इशानाथ नगरपालिका– ३ रुनाकुर्मी पटेल र गौर नगरपालिका– ४ की शान्तिदेवी साहको शव फेला परेको प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिनुभयो । दुर्घटनामा परेकामध्ये २१ जनाको उद्धार गरिएको छ । 

डुङ्गा डुबेपछि ओमप्रकाश चन्द्रवंशी, इन्दुदेवी पटेल र उष्मा पटेल बेपत्ता रहेको प्रहरीले जनाएको छ । ओमप्रकाश डुङ्गाका सहचालक हुन् । इशानाथ नगरपालिकाको औरहियाबाट गौरतर्फ आउँदै गरेको डुङ्गा बकैया नदीमा पल्टेको थियो । पुल निर्माणका लागि बनाइएको पिल्लरमा ठोक्किएपछि ढुङ्गा दुर्घटना भएको हो । बेपत्ताको नेपाल प्रहरी, नेपाली सेना, भारतीय सुरक्षाकर्मी तथा स्थानीयवासीले खोजी गरिरहेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने