Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

निर्मलाका परिवारलाई भीमदत्त नगरपालिकाले रु. तीन लाख दिने

By साझासवाल 3 मिनेट पढाइ

भदौ ११, कञ्चनपुर (रासस) | भीमदत्त नगरपालिकाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारलाई रु तीन लाख सहयोग गर्ने घोषणा गरेको छ ।

भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्टले पन्तका परिवारलाई भेटेर सहयोगको घोषणा गर्नुभएको हो । यसअघि भीमदत्त नगरपालिका नगर कार्यपालिका बैठकबाट पन्त परिवारलाई आवश्यक सहयोग गर्ने निर्णय गरिएको थियो ।

नगर प्रमुख विष्टले निर्मलाका परिवारलाई नगरपालिका कार्यालयबाट रु तीन लाख सहयोग दिइने जानकारी दिनुभयो ।

निर्मलाको हत्यामा संलग्नलाई छिटो कानूनी दायरामा ल्याएर कारवाही गरिनुपर्ने नगर प्रमुख विष्टले बताउनुभयो । नगर प्रमुख विष्टले निर्मला हत्याको अनुसन्धानमा भीमदत्त नगरपालिकाबाट हुने सबै सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै भएको आन्दोलनमा गोली लागेर ज्यान गुमाएका शनि खुनाका परिवारलाई पनि शनिबार रु तीन लाख सहयोग गर्ने घोषणा गरिएको थियो ।