२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ५ मा १० दिन मै ३९ जना पुरुषले दिए सम्वन्ध विच्छेद

२०७५, ११ भाद्र सोमबार ०७:०६

प्रेम सुनार। भदौं–११, बुटवल । मुलुकी संहिता लागु भएको  १० दिन नबित्दै  प्रदेश ५ का १२ जिल्ला मध्ये धेरै जना पुरुषद्धारा सम्वन्ध विच्छेदको मुद्धा दिने जिल्ला रुपन्देही परेको छ भने हाल सम्म एउटा पनि त्यस्तो मुद्धा नपरेको जिल्ला  रोल्पा र अर्घाखाँची रहेको छ ।

रुपन्देहीमा हिजो सम्म ११ जना पुरुषले सम्वन्ध विच्छेदको मुद्धा दिएको जिल्ला अदालतका श्रेस्तेदार संजिव पोखरेलले जानकारी दिए ।  दोश्रो बढि सख्यामा दाङ्ग जिल्ला अदालतमा त्यस्तो मुद्धा परेको छ । हाल सम्म ८ जना पुरुषले सम्वन्ध विच्छेदको मुद्धा दिएको  दाङ्ग जिल्ला अदालतका तालुकदार भुपालबहादुर कार्कीले जानकारी दिए ।

नवलपरासी जिल्ला अदालतमा ६ जना पुरुषले सम्वन्ध विच्छेदको मुद्धा दिएको श्रेस्तेदार खुमबहादुर कार्कीले बताए ।  त्यहाँ तिन जन महिलाले पनि सम्वन्ध विच्छेदको मुद्धा दिएका छन । रुकुममा पनि ६ जना पुरुषले सम्वन्ध पवच्छेदको मुद्धा दिएको  सो अदालतले जनाएको छ ।

गुल्मीमा जिल्ला अदालतमा हिजो सम्म ५ जनाले सम्वन्ध विच्छेदको मुद्धा दिएको श्रेस्तेदार दुर्गाप्रसाद बस्यालले जानकारी दिए । बाँके जिल्ला अदालतमा ४ जना पुरुषले सम्वन्ध विच्छेदको मुद्धा दिएको श्रेस्तेदार धनसिंह गिरीले बताए । वर्दिया जिल्ला अदालतमा २ जना पुरुषले सम्वन्ध विच्छेदको मुद्धा दिएको श्रेस्तेदार हिरण्यप्रसाद भण्डारीले जानकारी दिए ।

पाल्पा जिल्ला अदालतमा पहिलो दिन नै २ जना पुरुष र  २ जना महिलाले सम्वन्ध विच्छेदको मुद्धा दिएको त्यस पछि नपरेको श्रेस्तेदार सुर्वर्ण  खनालले बताउँ छन ।

कपिलवस्तुमा १ जना मात्रै पुरुषले सम्वन्ध विच्छेदको मुद्धा दिएको  का.मु. श्रेस्तेदार लेखनाथ अर्यालले जानकारी दिए ।  ति सवै जोड्दा यस प्रदेशबाट हिजोको मिति सम्म ३९ जना पुरुषले सम्वन्ध विच्छेदको मुद्धा दिएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते