२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिनौंदेखि स्मार्ट लाइसेन्स कुर्दै हुनुहुन्छ भने अब कुर्नु पर्दैन

२०७५, ११ भाद्र सोमबार ०९:५५

भदौ ११, काठमाडौं | यातायात व्यवस्था विभागले बिना तयारी २०७२ मंसिर २० बाट स्मार्ट लाइसेन्स वितरण शुरु गर्यो तर त्यो कामको परिणाम आजसम्म पनि उपभोक्ताले भोग्दै आएका छन् । पछिल्लो समय १ बर्षसम्म कुर्दा पनि आफ्नो लाइसेन्स नपाएको भन्दै अधिकांश उपभोक्ताले विभागलाई गाली गर्दै आएका छन् । 

विभागले अध्ययननै नगरी स्मार्ट लाइसेन्स वितरण गर्न थालेपछी लाइसेन्सको माग र छापिने शंख्याको तालमेल नमिल्दा तथा छापिने मेसिनसमेत पटक-पटक बिग्रने गर्दा उपभोक्ता मारमा परेको कुरा अधिकारीहरुले नै बताउने गरेको कुरा हो । 

तर अबको केहि महिनामै यो संमस्या समाधान हुने यातायात व्यवस्था विभागले जनाएको छ । यस अघि दैनिक १५०० कार्ड प्रिन्ट गर्ने क्षेमताको मेसिनहरु प्रयोग भएकोमा अब भने १ घण्टामै ५०० लाइसेन्स छाप्ने मेसिन ल्याइने भएको छ । जसको लागि यही महिनाको अन्त्यतिर बोलपत्र आब्हान गर्ने तयारी छ । अब ल्याउने मेसिनले दैनिक ८ घण्टा मात्र लाइसेन्स प्रिन्ट गरेपनि ४ हजार लाइसेन्स प्रिन्ट गर्नेछ । यस अघि १५०० कार्ड प्रिन्ट गर्ने मेसिन बिभागसँगनै हुँदा अब दैनिक ५ हजार भन्दा बढी कार्ड प्रिन्ट हुने हुँदा लाइसेन्सको लागि १ बर्षसम्म कुर्नुपर्ने समस्या नरहने बिभागले जनाएको छ । अहिले दैनिक ४ हजार स्मार्ट लाइसेन्स माग भईरहेको अवस्थामा १५०० मात्र प्रिन्ट हुने त्यो पनि कहिलेकाही मेसिनमा खरावीको कारण समस्या हुने गरेको अवस्था छ ।


१० लाख स्मार्ट कार्डका लागि १८ करोड र प्रिन्ट मेसिनको लागि ४ करोड रुपैंया छुट्याइएको विभागका निर्देशक तुलसीराम अर्यालले जानकारी दिएका छन् । उनका अनुसार बोलपत्र आब्हानका लागि १ महिनाको समय निर्धारण गरिएको छ । यसको १५ दिनमा कम्पनीको अध्ययन गरी कम्पनी छनोट गरिनेछ । 

अहिले स्मार्ट लाइसेन्स समयमै नपाउँदा हजारौं सवारी चालकहरु विभागको राजस्व तिरेको रसिद देखाएरै सवारी चलाउन बाध्य छन् । विभागले ट्रायल परिक्षा उत्तिर्ण गरेका २ लाख भन्दा बढी व्यक्तिको लाइसेन्स छपाई गर्न बाँकी रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ