२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा मटिहानीको झुलनोत्सव पर्व सम्पन्न

११ भाद्र २०७५, सोमबार १०:३२

भदौ ११, गौशाला | मिथिलाञ्चल लगायत महोत्तरी जिल्लाको मटिहानीस्थित लक्ष्मीनारायण मठमा परम्परागत रुपमा मनाइएको झुलनोत्सव पर्व आज सम्पन्न भएको छ । 

यस वर्ष भदौको तृतीयादेखि पुर्णिमासम्म मनाइएको सो पर्व गए राति भगवान् रामचन्द्र र माता जानकीलाई मटिहानीस्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा अन्तिम पटक झुला झुलाइदै आज बिहान झुलनोत्सव पर्व सम्पन्न भएको हो । 

सो अवसरमा लक्ष्मीनारायण मठ मटिहानीबाट प्रत्येक दिन कलात्मक पालकीमा बाजागाजासाथ भगवान् राम सीताको मुर्ति राखी भजन किर्तन गर्दै झुलाघरमा झुलाइएको थियो । 

महोत्तरीको लक्ष्मीनारायण मठ, जनकपुरधाम, सर्लाही, सिराहा, सप्तरी र भारतको तिरहुत क्षेत्र बिहारका विभिन्न मठ मन्दिरमा झुला पर्व धुमधामका साथ सम्पन्न भएको छ । साधु, सन्त, महात्मा र मिथिलावासीहरु मिलेर झुला घरमा राम सीताको मुर्ति राखी धार्मिक गीत र भजन किर्तनसाथ गए राति अन्तिम झुला रहेकोले रातभरि नै झुला झुलाइएको कुरा लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्थ जगन्ननाथ दास वैष्णवले बताउनुभयो । 

भगवान् राम सीता साउन महिनामा यसैगरी झुला झुलेको सम्झना गर्दै प्रत्येक वर्ष पर्व सम्पन्न गरिन्छ । सो अवसरमा मटिहानीमा मेलाको समेत आयोजना गरियो । मेला हेर्न र भगवान् राम सीताको भुलनोत्सवमा सहभागी हुन नेपाल भारतका श्रद्धालुहरुको भिड लागेको थियो । साँस्कृतिक परम्पराका रुपमा मनाइने यो पर्वमा झुलाका लागि सिंहासनको निर्माण गरी सजाइएको गद्दीमा रामलीला, लक्ष्मीनारायण लगायतका मूर्ति बाजागाजासाथ झुलाउने परम्परा छ । 

मिथिला क्षेत्रमा प्रत्येक वर्ष कृषि रोपाइँ सकिने वित्तिकै झुला पर्वको रौनक शुरु हुन्छ भन्ने प्रत्येक मठ मन्दिरमा राति अबेरसम्म कजरी र मलारजस्ता गीतको स्वरलहरी सुनिन्छ । झुलाका समयमा गाउँघरका र वरपरका श्रद्धालुहरु जम्मा हुने, भजन कीर्तन गर्ने, नाचगान र रामलीला गरेर मध्यरातसम्म जाग्राम बस्ने चलन छ । झुला पर्व त्रेतायुगदेखि नै प्रारम्भ भएको मानिन्छ । वृन्दावनमा पनि यो झुला कृष्णलीलाका रुपमा मनाइन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो