२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

चौरजहारी नगरमा सहकारी विधेयकका सुझाव संकलन

२०७५, ११ भाद्र सोमबार १०:५९

ज्ञानु गौतम | भदौ ११, रुकुम | कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिद्धारा चौरजहारी नगरपालीकामा आज सरोकारवाला विचमा विधेयक निमार्णका लागी सुझाव संकलन गरिएको छ। सुझाव संकलन कार्यक्रममा सहभागी सहकारी कर्मीहरुले  विद्यालयमा सहकारी शिक्षालाई अनिवार्य गरिनुपर्ने सुझाव दिएका छन् । 

कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिको आयोजना तथा  भुमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको समन्वय र युएनडिपिको सहर्कायमा कर्णाली प्रदेशको सहकारी विधेयक २०७५को लागी जिल्लामा पुगेर सरोकारवालाको सुझाव लिन अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।  


कर्णाली प्रदेशमा सहकारी विधेयक निमार्णका लागी  पहिलो पटक सुझाव संकलन गरिएको छ । पाँच वटा जिल्लाका सहभागीहरुलाई पाँच समुहमा विभाजन गरी सुझाब संकलन गरीएको  छ । समुह गृहकार्य गरेर प्रत्येक समुहका तर्फवाट सुझाव प्रस्तुत गर्न समुह विभाजन गरिएको समितिका सदस्य सांसद शुशिल कुमार थापाले वताउनुभयो । सहभागीहरुका विचमा सहकारी विज्ञ सुर्दशन ढकालले विधेयकलाई सहजीकरण गरिरहनुभएको छ । कार्यक्रममा प्रदेश सभाका सांसदहरु राजु नेपाली, गोपाल शर्मा, शुशिलकुमार थापा, पदमा खड्का, देवि वलि,यज्ञ वहादुर विसी र कौशिल्यवति खत्रीको सहभागीता रहेको थियो । कार्यक्रममा  चौरजहारी नगरपालिकाका नगर प्रमुख बिशाल शर्माले चौरजहारी ठुलो संख्यामा सांसदहरु आएर स्वागतगर्ने अबसर दिएकोमा धन्यबाद दिनु भएको थियो । कार्यक्रम चौरजहारी नगरपालिकाको सभाहलमा भएको थियो |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै