२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुर घटना: अर्का एक निर्दोष युवालाई प्रहरीले ११ दिनसम्म थुनेको खुलाशा

२०७५, १२ भाद्र मंगलवार ०३:४२

भदौ १२, काठमाडौँ | कंचनपुर घटनामा वास्तविक दोषीलाई लुकाउन निर्दोष व्यक्तिहरुलाई दु:ख दिएको आरोप लाग्दै गर्दा अर्को गोप्य बिषय बाहिर आएको छ । 

निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले अर्का एक निर्दोषलाई पक्राउ गरेर ११ दिनसम्म थुनेको खुलाशा भएको हो ।

११ दिनसम्म प्रहरी हिरासतमा रहेर छुटेका २३ वर्षे चक्र बडू हुन् । जुन कुरा प्रहरीले गोप्य राखेको थियो । घटनाको वास्तविकतालाई मोड्न निर्दोष पक्राउ गरिएको बताइएको छ । कंचनपुर घटनालगत्तै प्रहरीले कैलालीका जीवन घर्तीमगर र कञ्चनपुरका दीपक नेगीलाई पक्राउ गरेको थियो । मानसिक सन्तुलन ठीक नभएका जीवन घर्तीमगरलाई घटनाकै दिन साउन १० को मध्याह्न भगतपुर खोलानजिक देखेको बाल जानकी आधारभूत विद्यालय, हल्दुखालका शिक्षक चूडामणि भट्टले बताएका छन् । शिक्षक भट्टले ती व्यक्तिलाई त्यहाँबाट हटाइदिन वा पक्रेर लैजान गस्तीमा हिँडेका प्रहरीलाई आग्रह गरेका थिए । तर, अर्को दिन तिनै व्यक्तिलाई निर्मलाको बलात्कार र हत्याको अभियोगमा प्रहरीले पक्राउ गरेर लगेको थियो ।

त्यस्तै अर्का व्यक्ति दीपक नेगीलाई पनि प्रहरीले हचुवाकै भरमा पक्राउ गरेको बताइएको छ । 

प्रहरीले दीपक नेगीलाई पक्राउ गर्नुको कारण के छ भने उनैले सबैभन्दा पहिला निर्मलाको शव देखेका थिए । प्रहरीले शव देखेकै आधारमा ‘तैले कसरी थाहा पाइस् ?’ भन्दै दिपकलाई पक्राउ गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी