२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडी औलोको उच्च जोखिम

२०७५, १२ भाद्र मंगलवार ०७:४६

भदौ १२, बैतडी | पछिल्लो समय यहाँ औलोको उच्च जोखिम रहेको पाइएको छ । 

तीन वर्षयता औलोका बिरामी बढ्दै गएका जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य सहायक सन्तोष पाण्डेयले जानकारी दिनुभयो । जिल्लाको तल्लोस्वराड क्षेत्रको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका विभिन्न वडा औलोको उच्च जोखिममा रहेका छन् । सो क्षेत्रमा गत वर्षदेखि औलोका बिरामी फेला पर्न थालेका छन् । 

“हालसम्म ४० औलो रोगी भेटिएका छन्,” पाण्डेयले भन्नुभयो । गत वर्ष ३३ तथा यस वर्ष हालसम्ममा ७ औलो रोगी भेटिएको उहाँले बताउनुभयो । विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि पुगेका बिरामीको रगत जाँच गर्दा औलो फेला परेको हो । केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आधुनिक प्रयोगशाला सञ्चालनमा आएपछि औलोको बिरामी पत्ता लगाउन सहज भएको ल्याब टेक्निसियन रमेश बोहराले बताउनुभयो । अहिले रगत जँच्न आउनेको सङ्ख्या बढ्दै गएको छ । 

तल्लोस्वराडमा औलो देखिएपछि गर्भवती महिला तथा बालबालिका बढी जोखिममा छन् । त्यहाँ स्थानीयवासीलाई निःशुल्क झुल वितरण गरिएको छ । प्रभावित क्षेत्रमा किटनाशक औषधि छर्किएको छ । लामखुट्टेको टोकाइबाट औलो रोग देखा पर्छ । औलोबाट बच्न लामखुट्टेबाट जोगिनु पर्छ । 

कृषि र पशुसेवा ज्ञान केन्द्र स्थापना 

जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना गरिएको छ । प्रदेश नं ७ को सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहने गरी उक्त केन्द्र स्थापना गरिएको हो । पुरानो कृषि विकास कार्यालयमा कार्यालय स्थापना गरिएको जेटिए महेश अवस्थीले बताउनुभयो । सोमबार ‘कृषि ज्ञान केन्द्र’ को बोर्ड राखिएको छ । कृषकलाई सहयोग पु¥याउने उद्देश्यले बैतडी र दार्चुला हेर्ने गरी सो केन्द्र स्थापना गरिएको निमित्त वरिष्ठ कृषि विकास अधिकृत कर्णबहादुर चन्दले जानकारी दिनुभयो । बैतडी र दार्चुलाका स्थानीय तहसँग संयोजन तथा समन्वयको लागि कार्यालय स्थापना गरिएको हो । कार्यालयमा वरिष्ठ कृषि विकास अधिकृतको नेतृत्वमा १६ कर्मचारीको दरबन्दी रहनेछ । सो केन्द्रमा माटो परीक्षणलगायत प्रयोगशाला, विज्ञ समूह रहने र हरेक स्थानीय तह तथा कार्यालयसँग समन्वय गरी प्राविधिक सेवा दिइनेछ । 

दार्चुला र बैतडीलाई हेर्ने गरेर पाटनमा भेटरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पनि सञ्चालनमा आएको छ । वरिष्ठ पशु विकास अधिकृत अथवा पशु चिकित्सकको नेतृत्वमा रहने गरेर प्रदेश सरकारमार्फत् कार्यालयको स्थापना गरिएको हो । कार्यालयले स्थानीय तहसँग समन्वय गरेर काम गर्ने साविकको जिल्ला पशु सेवा कार्यालयका पशु प्राविधिक बिसनसिंह बिष्टले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा