२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडी औलोको उच्च जोखिम

१२ भाद्र २०७५, मंगलवार ०७:४६

भदौ १२, बैतडी | पछिल्लो समय यहाँ औलोको उच्च जोखिम रहेको पाइएको छ । 

तीन वर्षयता औलोका बिरामी बढ्दै गएका जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य सहायक सन्तोष पाण्डेयले जानकारी दिनुभयो । जिल्लाको तल्लोस्वराड क्षेत्रको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका विभिन्न वडा औलोको उच्च जोखिममा रहेका छन् । सो क्षेत्रमा गत वर्षदेखि औलोका बिरामी फेला पर्न थालेका छन् । 

“हालसम्म ४० औलो रोगी भेटिएका छन्,” पाण्डेयले भन्नुभयो । गत वर्ष ३३ तथा यस वर्ष हालसम्ममा ७ औलो रोगी भेटिएको उहाँले बताउनुभयो । विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि पुगेका बिरामीको रगत जाँच गर्दा औलो फेला परेको हो । केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आधुनिक प्रयोगशाला सञ्चालनमा आएपछि औलोको बिरामी पत्ता लगाउन सहज भएको ल्याब टेक्निसियन रमेश बोहराले बताउनुभयो । अहिले रगत जँच्न आउनेको सङ्ख्या बढ्दै गएको छ । 

तल्लोस्वराडमा औलो देखिएपछि गर्भवती महिला तथा बालबालिका बढी जोखिममा छन् । त्यहाँ स्थानीयवासीलाई निःशुल्क झुल वितरण गरिएको छ । प्रभावित क्षेत्रमा किटनाशक औषधि छर्किएको छ । लामखुट्टेको टोकाइबाट औलो रोग देखा पर्छ । औलोबाट बच्न लामखुट्टेबाट जोगिनु पर्छ । 

कृषि र पशुसेवा ज्ञान केन्द्र स्थापना 

जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना गरिएको छ । प्रदेश नं ७ को सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहने गरी उक्त केन्द्र स्थापना गरिएको हो । पुरानो कृषि विकास कार्यालयमा कार्यालय स्थापना गरिएको जेटिए महेश अवस्थीले बताउनुभयो । सोमबार ‘कृषि ज्ञान केन्द्र’ को बोर्ड राखिएको छ । कृषकलाई सहयोग पु¥याउने उद्देश्यले बैतडी र दार्चुला हेर्ने गरी सो केन्द्र स्थापना गरिएको निमित्त वरिष्ठ कृषि विकास अधिकृत कर्णबहादुर चन्दले जानकारी दिनुभयो । बैतडी र दार्चुलाका स्थानीय तहसँग संयोजन तथा समन्वयको लागि कार्यालय स्थापना गरिएको हो । कार्यालयमा वरिष्ठ कृषि विकास अधिकृतको नेतृत्वमा १६ कर्मचारीको दरबन्दी रहनेछ । सो केन्द्रमा माटो परीक्षणलगायत प्रयोगशाला, विज्ञ समूह रहने र हरेक स्थानीय तह तथा कार्यालयसँग समन्वय गरी प्राविधिक सेवा दिइनेछ । 

दार्चुला र बैतडीलाई हेर्ने गरेर पाटनमा भेटरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पनि सञ्चालनमा आएको छ । वरिष्ठ पशु विकास अधिकृत अथवा पशु चिकित्सकको नेतृत्वमा रहने गरेर प्रदेश सरकारमार्फत् कार्यालयको स्थापना गरिएको हो । कार्यालयले स्थानीय तहसँग समन्वय गरेर काम गर्ने साविकको जिल्ला पशु सेवा कार्यालयका पशु प्राविधिक बिसनसिंह बिष्टले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ