२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विद्यालयको निम्ती काम गर्न पुराना शिक्षक विद्यार्थीहरु संगठित हुँदै

१ मंसिर २०७२, मंगलवार ०७:१८

मंसिर १, सल्यान । सल्यानको उत्तर पश्चिममा पर्ने श्री जनता उमावि रागेचौरमा विद्यालको वृहत्तर विकास तथा उन्नतिका लागि अध्ययन अध्यापन गरेका विद्यार्थी तथा शिक्षकलाई समेटी भूपु शिक्षक विद्यार्थी संघ गठन गरिएको छ ।

विव्यस अध्यक्ष इन्द्रराज शर्माको अध्यक्षतामा भएको भेलाले भू.पु. विद्यार्थी तथा पत्रकार डिल्लीराज रावतको संयोजकत्वमा १७ सदस्यीय भूपु शिक्षक विद्यार्थी संघ, श्री जनता उमावि रागेचौर गठन गरेको छ । समितीका अन्य पदाधिकारीमा तारा बहादुर राना, लोकेन्द आचार्य, रमेश बुढाथोकी, मोहलाल चन्द, भूपेन्द्र कुमार राना, मदनलाल केसी, हेमराज शाही, लाल बहादुर रावत, इन्द्र राज शर्मा, लोकेन्द्र सिंह राठौर, नन्दराम भारती, मोहलाल रावत, गोविन्द चन्द, मान बहादुर राना, शेरनाथ योगी रहेका छन भने विद्यालयका प्राचार्य अमृत बुढाथोकीलाई सदस्य सचिवको रुपमा समितीमा राखिएको छ ।

तिहारको अवसरमा सेवाक्षेत्रका बासिन्दालाई भेला गरि गरिएको कार्यक्रममा विद्यालयको स्थापनाकालका विद्यार्थी तथा नेकपा माओवादीका केन्द्रिय सदस्य तथा राप्ती उपव्यूरो इन्चार्ज मोहलाल चन्द आधारले विद्यालय स्थापना कालको अनभुतिजन्य मन्तव्य राखेका थिए । विद्यालय निर्माणका लागि आफुहरुले मर्मको इख्राबाट काठ र थागल बोकेको अनी स्वीकोटको राइरा भल्चौरको तक्मारा सम्म आर्थिक संकलनका लागि डुलेको र मर्मखोलाका ढुंगाहरु बोकेर गाह्रा लगाएको अनुभव सुनाएका थिए । अहिले विद्यालयमा सोलार जोडिएको देख्दा आफुलाई गर्वले भावुक बनाएको बताएका थिए ।

साथै उनले विद्यालय निर्माणका लागि त्यतिबेलाका शिक्षकहरु पूर्व शिक्षा राज्यमन्त्री राजेन्द्र बहादुर शाह, बुद्धि प्रकाश शर्मा लगायतलाई पनि भूपु शिक्षक विद्यार्थी संघमा आवद्ध गर्नुपर्ने बताएका थिए ।

मर्मपरिकाँडा गाविसमा पर्ने उक्त विद्यालयले सल्यानको उत्तर पश्चिमका बासिन्दालाई शिक्षित बनाउन महत्वुर्ण भूमिका निर्वाह गरेको थियो । सल्यानको बन्गाड देखि भल्चौर हुदै जिमाली सम्मको भुभागका विद्यार्थीले अध्ययन गरेको विद्यालय जनता उमावि रागेचौरमा २०३८ सालमा बनेको सल्यानको पुरानो मावि पनि हो । जसबेला सल्यानमा खलंगा, दमाचौर, लगायतका ठाउँमा मात्रै माध्यामिक तहको पढाइ हुने गर्दथ्यो । सल्यानको उत्तरमा रहेको फारुला क्याम्पस र पश्चिममा रहेको बन्गाड क्याम्पस भन्दा अगाडि माध्यमिक स्तरको पढाई सुरु भएको विद्यालयबाट स्थापना कालदेखि औसतमा बर्षेनी एक सय भन्दा बढि विद्यार्थीले माध्यमिक तहको पढाई पुरा गर्छन । अहिले सम्म उक्त विद्यालयमा अध्ययन अध्यापन गरेका शिक्षक विद्यार्थीहरु २ हजार भन्दा बढि रहेका छन ।

भेलाले लगतै जनता उमावि रागेचौरको प्रांगणमा नै वृहत भेला गरि सबैलाई समेटेर भूपु शिक्षक विद्यार्थीलाई सदस्यता वितरण गर्ने र जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता गर्ने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान