२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा बजार अनुगमन र मदिरा नियन्त्रणलाई प्रभावकारी बनाइने

२०७५, १२ भाद्र मंगलवार ०९:४५

भदौ १२, सल्यान । उपभोक्ताको अधिकार र स्वास्थ्यमा कुनै पनि किसीमको असर नपरोस् भनेर जिल्लाको प्रवेशद्वार कपुरकोटमा अनुगमन तथा कारवाहि प्रभावकारि बनाइने भएको छ । मंगलबार कपुरकोट गाउँपालिकामा सम्पन्न सरोकारवालाहरुको बैठकले बजार अनुगमनलाइ प्रभावकारि र घरेलु मदिरा उत्पादन तथा विक्रिवितरणलाइ नियन्त्रण गर्ने निर्णय गरेको हो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत जीवराज केसीले बैठकमा पारित तथा स्वीकृत भएका बजार अनुगमन निर्देशिका र होटल व्यवस्थापन तथा मदिरा विक्रिवितरण नियन्त्रण ऐनका बारेमा सरोकारवालाहरुलाइ जानकारि गराएका थिए । 

कार्यक्रममा वडा नम्बर तीनका अध्यक्ष मिन बहादुर सेन, उद्योग वाणिज्य संघ सल्यानका सदस्य कमल घर्ती लगाएतकाले बोल्दै विभिन्न पसलमा म्याद गुज्रेका दैनिक उपभोग्यका सामाग्रीहरु बेलाबेलामा फेला पर्नेगरेको उल्लेख गर्दै यसले उपभोक्राको स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको जनाएका थिए । 


गाउँपालिकाका उपाध्यक्ष भिम बहादुर सेनले अव घरेलु मदिरा विक्रिवितरणलाइ कडाइका साथ नियन्त्रण गरिने जनाउँदै सभ्य र शान्त समाज निर्माणमा साथ दिन सम्पूर्णमा अनुरोध गरेका छन् । ‘कुनै पनि पसलमा मयाद नाघेका सामान विक्रि गर्न, कुन प्रयोजनका लागी पसल दर्ता भएको छ त्यो भन्दा वाहिर रहेर काम गर्न कसैले पनि पाइदैन, अध्यक्ष सेनले भने, ‘घरेलु मदिराको उत्पादन र सेवनले समाजमा हिंशा र अशान्ति फैलन्छ । त्यसैले यसको नियन्त्रणका हाम्रो स्थानीय सरकार कानुन र विधि अनुसार अघि बढ्छ ।’ 

बैठकमा होटल व्यवशायी, व्यापारि, सुरक्षाकर्मी, पत्रकार लगाएतकाले गाउँपालिकाको ऐन तथा निर्देशिका कार्यान्वयनमा सहयोग गर्ने प्रतिवद्धता जनाउँदै गाउँपालिकाभित्रका सम्पूर्ण बजारहरुको अनुगमन गर्न गाउँपालिकालाइ अनुरोध गरेका थिए । 

बैठकमा पत्रकार महासंघ कर्णालि प्रदेशका सदस्य सन्तोष घर्ती, प्रहरी चौकी कपुरकोटका इन्चार्ज कालि बहादुर मल्ल, कपुरकोट बजार व्यवस्थापन तथा सरसफाइ समितीका अध्यक्ष रुपक बुढा, राष्ट्रि अनुसन्धानका ढुंडीराज खड्का, कपुरकोट ३ का वडा सदस्य टिकाराम बुढाथोकी, व्यवशायीहरु नन्द सिंह धामी, ठाकुर भण्डारी, चक्रमदन बुढा लगाएतकाको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै