२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दोस्रो युवा साँस्कृतिक महोत्सव सम्पूर्ण सल्यानीको पहिचान

२ मंसिर २०७२, बुधबार १२:३६

मंसिर २, सल्यान । सल्यानमा १० दिनसम्म चल्ने दोस्रो युवा साँस्कृतिक महोत्सव सम्पूर्ण सल्यानीको पहिचान भएको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन । मंसिर ५ देखि १५ सम्म श्रीनगरमा हुने महोत्सवका लागि आज गरिएको सर्वपक्षिय बैठकमा बोल्ने वक्ताहरुले यसमा जोड दिएका हुन ।

पर्यटनको प्रवद्र्धन र पहिचानका लागि हेलिकोप्टरबाट सल्यानका रमणिय ठाँउको अवलोकन गराउने, राष्ट्रिय स्तरका कलाकारको प्रस्तुती प्रस्तुत गरिने, सल्यानमा उत्पादित सामाग्रिको प्रचार प्रसारको उद्धेश्य राखि नेपाल बाल संगठनले आयोजनामा गरेको कार्यक्रमबाट संकलित रकमबाट जिल्लाको सदरमुकाममा रहेको विद्यालमा कम्प्यूटर शिक्षाका लागि रकम प्रदान गरिने र सदरमुकाम खलंगामा बालबालिकाका लागि संगित कक्षा संञ्चालन गरिने संगठनका अध्यक्ष एवंम महोत्सव संयोजक ऋषिकेशजंग शाहाले जानकारी दिएका छन ।
कार्यक्रमको उद्घाटन पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले गर्ने र विभिन्न विषयमा विज्ञ व्यक्तित्वले कार्यपत्र प्रस्तुत गर्ने आयोजकले जानकाएको छ ।

महोत्सव अवलोकनका लागि टिकटको दर ३० रुपैयाँ मात्रै रहेको र विद्यार्थीहरुले २० रुपैयाँमा महोत्सवको अवलोकन गर्न पाउने संयोजक शाहाले जानकारी दिएका हुन । आजको बैठकमा जिल्लाका राजनीतिक दलकाका नेतृत्वको सहभागिता रहेको थिएन । राजनीतिक दलको सहभागिता नभएको भन्दै प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले त्यसलाई मिलाएर लैजानुपर्ने बताएका थिए ।

कार्यक्रममा पूर्व शिक्षा राज्यमन्त्री राजेन्द्र बहादुर शाहाले महोत्सव सबैको भएकोले सबैलाई मिलाएर लैजान आयोजकलाई अनुरोध गरेका थिए । महोत्सवमा १ सय ५० स्टल रहने भन्दै बुकिङ्गका लागि सहयोग गरिदिन आयोजकले सबैम अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा