२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दोस्रो युवा साँस्कृतिक महोत्सव सम्पूर्ण सल्यानीको पहिचान

२०७२, २ मंसिर बुधबार १२:३६

मंसिर २, सल्यान । सल्यानमा १० दिनसम्म चल्ने दोस्रो युवा साँस्कृतिक महोत्सव सम्पूर्ण सल्यानीको पहिचान भएको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन । मंसिर ५ देखि १५ सम्म श्रीनगरमा हुने महोत्सवका लागि आज गरिएको सर्वपक्षिय बैठकमा बोल्ने वक्ताहरुले यसमा जोड दिएका हुन ।

पर्यटनको प्रवद्र्धन र पहिचानका लागि हेलिकोप्टरबाट सल्यानका रमणिय ठाँउको अवलोकन गराउने, राष्ट्रिय स्तरका कलाकारको प्रस्तुती प्रस्तुत गरिने, सल्यानमा उत्पादित सामाग्रिको प्रचार प्रसारको उद्धेश्य राखि नेपाल बाल संगठनले आयोजनामा गरेको कार्यक्रमबाट संकलित रकमबाट जिल्लाको सदरमुकाममा रहेको विद्यालमा कम्प्यूटर शिक्षाका लागि रकम प्रदान गरिने र सदरमुकाम खलंगामा बालबालिकाका लागि संगित कक्षा संञ्चालन गरिने संगठनका अध्यक्ष एवंम महोत्सव संयोजक ऋषिकेशजंग शाहाले जानकारी दिएका छन ।
कार्यक्रमको उद्घाटन पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले गर्ने र विभिन्न विषयमा विज्ञ व्यक्तित्वले कार्यपत्र प्रस्तुत गर्ने आयोजकले जानकाएको छ ।

महोत्सव अवलोकनका लागि टिकटको दर ३० रुपैयाँ मात्रै रहेको र विद्यार्थीहरुले २० रुपैयाँमा महोत्सवको अवलोकन गर्न पाउने संयोजक शाहाले जानकारी दिएका हुन । आजको बैठकमा जिल्लाका राजनीतिक दलकाका नेतृत्वको सहभागिता रहेको थिएन । राजनीतिक दलको सहभागिता नभएको भन्दै प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले त्यसलाई मिलाएर लैजानुपर्ने बताएका थिए ।

कार्यक्रममा पूर्व शिक्षा राज्यमन्त्री राजेन्द्र बहादुर शाहाले महोत्सव सबैको भएकोले सबैलाई मिलाएर लैजान आयोजकलाई अनुरोध गरेका थिए । महोत्सवमा १ सय ५० स्टल रहने भन्दै बुकिङ्गका लागि सहयोग गरिदिन आयोजकले सबैम अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह