२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा कराँतेको ग्रेडिङ्ग, राप्तीका ४ जिल्लाका १ सय ५० को सहभागि

१४ मंसिर २०७२, सोमबार ११:५४

मंसिर १४ सल्यान । सल्यानमा श्रीनगरमा नेपाल सितोरियो कराँते शाखा डोजो पिपलनेटाको आयोजना तथा उपशाखा डोजो श्रीनगर र सिद्धेश्वरीको सहआयोजनामा ३ दिने अप डान ग्रेडिङ्ग समारोह सम्पन्न भएको छ ।

ग्रेडिङ्गमा सल्यान, रुकुम, दाङ्ग र रोल्पाका १५० जनाले सहभागिता जनाएका छन । जसमा दोस्रो डान ८ जना र तेस्रो डान ५ जना भएका छन । जसमा सल्यानका लक्ष्मण गिरी, राम गिरी र चिरण परियार दोस्रो डान भएका छन भने चुडामणि केसी तेस्रो डान भएका छन ।

स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नारा सहित सुरु भएको कार्यक्रममा नेपाल सितोरियो कराँते संघ, नेपाल ओलम्पीक कमिटी नेपाल कमिटी, नेपाल कराँते फेड्रेसनका फाउन्डर एण्ड मास्टर गुरु थानेश्वर राईको प्रमुख आतिथ्यता रहेको थियो ।

मंसिर १२ गते देखि चलेको डान ग्रेडिङ्ग समारोहको समापनका अवसरमा आज भएको कार्यक्रममा गुरु थानेश्वर राई प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथीमा वरिष्ट कराँते प्रशिक्षक मदन कुमार उप्रेती, सल्यान रुकुम यातायात व्यवसायी समितिका अध्यक्ष लोकमान बुढाथोकी लगायतको सहभागिता रहेको थियो ।

चौथो डान तथा राष्ट्रिय अन्तराष्ट्रिय रेफ्री चित्र बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रकाश परियारले गरेका थिए ।
रेफ्रि चित्र बहादुर रानाले आफ्नै लगानीमा कराँते खेलाडी उत्पादन गर्दै आएका छन । ३ दिनसम्म सल्यानमा भएको राष्ट्रिय स्तरको ग्रेडिङ्ग समारोहको आयोजना पनि रेफ्री रानाले गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…