२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा पाँच युवा पक्राउ

१२ भाद्र २०७५, मंगलवार १८:२३

भदौ १२, लहान (रासस) | एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले पाँच जना युवा पक्राउ गरेको छ । 

रक्षाबन्धनको अवसरमा सप्तरीको शम्भुनाथ नगरपालिकास्थित अर्नाहामा लागेको मेला भरेर फर्किंदै गरेकी सप्तरीको खडक नगरपालिका–५ की २० बर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले जिल्लाको बिभिन्न स्थानबाट ५ जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा सप्तरीको शम्भुनाथ नगरपालिका–५ निवासी २० वर्षीय विक्रम सरदार, सोही ठाउँका २६ वर्षीय कृष्णनारायण साह, २७ वर्षीय मनोजकुमार राम, सप्तरीकै कञ्चनरुप नगरपालिका–११ निवासी २४ वर्षीय हीरालाल साह र शम्भुनाथ नगरपालिका–७ निवासी १८ वर्षीय राजकुमार भगत रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भबेश रिमालले जानकारी दिनुभयो । 

रक्षाबन्धन मेला भरेर सोमबार राति करीब ९ बजे साइकलमा एक्लै घर फर्किंदै गरेकी ती युवतीलाई अर्नाहा र कठौनाको बीचमा पर्ने वसबलपुर जाने बाटो नजिकै सात/आठ जना युवाको समूहले बाटो छेकेर धान खेतमा लगेर सामूहिक बलात्कार गरेको पीडितको भनाइ उद्धृत गर्दै प्रहरी नायब उपरीक्षक रिमालले बताउनुभयो । 

पीडित युवतीका परिवारजनले न्यायको माग गर्दै प्रहरीमा उजुरी गरेपछि सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र बिष्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट ती सबैलाई पक्राउ गरिएको जनाएको छ । घटनामा संलग्न युवाले मादकपदार्थ सेवन गरेको पीडित युवतीले बताएकी छिन् । 

यसैबीच पक्राउ परेका पाँचैजना माथि आजै जबर्जस्तीकरणी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा