२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आगामी पौषमा सल्यानमा व्यापार मेला हुने

१७ मंसिर २०७२, बिहीबार १२:३६

नविन रावत/मङ्सिर १७, सल्यान । सल्यानमा १ महिना पछि कृषि, पशु, वन तथा व्यापार मेला २०७२ हुने भएको छ ।

“कृषि, उद्योग, व्यापार, पर्यटन विकासको परिकल्पना, व्यवसायकरण द्वारा समृद्ध समाजको स्थापना” भन्ने मुला नारा सहित आगामी पौष १८ देखि २१ सम्म श्रीनगरमा मेला संचालन हुने सल्यान उद्योग बाणिज्यसंघले आयोजना गरेको बैठकले निश्कर्ष निकालेको हो ।

जिल्लाका पर्यटकिय क्षेत्रको पहिचान गरि पर्यटनको विकास गर्ने, आधुनिक र व्यवसायीक कृषि प्रणाली अपनाई कृषकको जिवनस्तरमा सुधार ल्याउने, उद्यमशिलताको विकास गरि जिल्लालाई औद्योगिकरण तर्फ उन्मुख गराउने उद्देश्यका साथ गर्ने व्यापार मेलामा ८ सय कृषक तथा उद्यमीको सहभागीता हुने र ३० हजार दर्शकले अवलोकन गर्ने आयोजकले जनाएको छ ।

मेलामा कृषी प्रदर्शनी, पशु प्रदर्शनी, जडिबुटी तथा उद्यमशीलता प्रदर्शनी, नेपाल जडिबुटि संघको शाखा विस्तार, पर्यटकिय क्षेत्रको पहिचान, जिल्ला स्तरिय भलिबल प्रतियोगिता, साँस्कृतिक कार्यक्रम, कृषक पुरस्कार र सम्मान र अन्तरक्रिया तथा समिक्षा जस्ता कार्यक्रम हुनेछन । १५ लाख भन्दा बढि लगानीमा गरिने कार्यक्रममा विभिन्न उद्यमी तथा कृषकका उत्पादनको प्रदशनीका लागि निःशुल्क व्यवस्था गरिने आयोजक सल्यान उद्योग वाणिज्य संघले जनाएको छ ।

आजको बैठकमा जिल्ला कृषि विकास कार्यालय, जिल्ला वन कार्यालय, जिल्ला विकास समिती विभिन्न सरकारी तथा गैर सरकारी निकायको सहभागिता रहेको थियो । कार्यक्रममा सबैले आपसी छलफलबाट लगानीको लागि पहल गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…