२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मुर्तिलेखे ढुङ्गालाई संरक्षण गर्न फलाँटेबासीद्वारा मन्दिर निर्माण, मन्दिरको उद्घाटन शनिबार हुने

१८ मंसिर २०७२, शुक्रबार ११:१४

डिल्लीराज रावत, मंसिर १८, सल्यान / सिद्धेश्वरी सल्यानको मध्यभागमा पर्ने कुमाखको फेदीमा रहेको गाँउ हो । कुमाखको पहिचान संग जोडिएको सिद्धेश्वरीमा विभिन्न धार्मिक गुफा तथा मुर्तिहरु रहेका छन । सोहि अन्तरगत परापुर्वकाल देखि सिद्धेश्वरीको फलाँटेमा रहेको मुर्तिलेखे ढुङ्गालाई स्थानियबासीले व्यवस्थापन गरेका छन । सिद्धेश्वरीको वडा नं. ७ फलाँटेमा रहेको उक्त ढुङ्गामा रहेको मुर्ति बर्षेनी वरपर सर्ने स्थानियबासि हरि बहादुर रेउलेले बताएका छन ।

Exif_JPEG_420

Exif_JPEG_420

हाल स्थानियबासीले मुर्तिलेखे ढुङ्गाको संरक्षणका लागि वरिपरि गाह्रो बनाई संरक्षण गरेका छन भने उक्त ढुङ्गाको परिसरमा पर्खाल लगाई विचमा मन्दिर निर्माण गरेका छन । स्थानियको ठुलो जनश्रमदानमा उक्त मन्दिरको निर्माण गरिएको छ । उनिहरुले अमृत रेउलेको अध्यक्षतामा मूर्तिलेखे सिद्धगुफा पर्यटकिय तथा साँस्कृतिक संरक्षण समूह समेत गठन गरि मन्दिरको प्रचार प्रसार र व्यवस्थापनमा लागेको बताउछन ।

३ लाख बरारको स्थानियवासीको श्रमदान, यूवा तथा वृद्धल छुट्टाछुट्टै खेलेको भैलोको ४४ हजार आठ सय र स्थानियबासीबाट संकलित चन्दा सहयोग ९ हजार ३ सय १० बाट उक्त मन्दिर निर्माण गरिएको हो । उनिहरुले शनिबार एक औपचारीक कार्यक्रम गरि मन्दिरको उद्घाटन गर्ने जनाएका छन ।
मन्दिरको लागि आवश्यक अन्य मुर्ति र घण्टका लागि स्थानिय सर्वव्यापी यूवा समूहले सहयोग गर्ने संरक्षण समूहका सदस्य समेत रहेका हरि बहादुर रेउलेले जानकारी दिएका छन ।
कुमाख आफै साँस्कृतिक तथा पर्यटकिय महत्वको स्थान हो र यसको फेदीमा धार्मिक रुपमा महत्व बोकेका विभिन्न गुफा तथा मुर्तिहरु पाइन्छन । त्यस्तै गरि सिद्धेश्वरीमा यस्ता पर्यटकिय स्थानहरु रहेका छन । तिनिहरुको पहिचानका लागि स्थानिय स्तरबाट गरिने यस्ता गतिविधिले जिल्लामा हुने गरेका पयटकिय तथा धार्मिक संघ संस्थालाई छुन जरुरी छ ।
क्याप्सनः स्थानियले बनाइएको मन्दिर

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस