2026-10-29 12:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कञ्चनपुर घटनासंगै फेरी अर्को काण्ड, बुटवलमा शिक्षकद्वारा यौन दुब्यबहार

प्रेम सुनार। भदौ १३, बुटवल। कञ्चनपुर घटना तातेको बेला फेरी अर्की किशोरीलाई आफैले बढाउने शिक्षकले यौन दुब्यबहार गरेको भन्दै बुटवल बजार बिहान देखि अहिले सम्म तातेको छ । बुटवल–११ नहरपुरमा रहेको ज्ञानपुञ्ज सेकेन्डरी ईङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल तोयाराम पौडेललाई अफैले पढाउने छात्रालाई यौन दुब्यबहार गरेको आरोपमा  इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।  

पौडेलले आफ्नै स्कुलको होस्टेलमा बस्दै आएकी कक्षा १० मा अध्ययनरत एक छात्रामाथि अभद्र व्यबहार गर्ने, गोप्य अङ्गहरु छुने,छात्राहरूलाई राती एक्लै बोलाएर बलात्कारको प्रयाससम्म गर्ने गरेको आरोप अभिभावक तथा स्थानियले लगाएका छन् । होस्टेलमा बस्दै आएकी बुटवल ११ नहरपुरकी गुरुङ थर गरेकी एक छात्राले आफ्नो आमाबुबासंग प्रिन्सिपल पौडेलले गरेको दुब्र्यबहारका बारेमा बताएपछि सो बिद्यालयमा स्थानीयले नाराबाजी गर्दै घेरेका छन् ।

उनीहरुले पौडेललाई कारबाहिको माग गरेका छन् । विहानैबाट विद्यालय परिसरमा तनाव समेत श्रृजना भएको छ । उनिहरुले विद्यालयमा तोडफोडको समेत प्रयास गरेपछि ठुलो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।घटनाको अनुसन्धान गर्न वाकी नै रहेको र विद्यालयका प्रिन्सिपललाई नियन्त्रणमा लिईएको वडा प्रहरी कार्यालय बुटवलका  प्रहरी प्रमुख डिएसपी डिल्ली मल्ले  जानकारी दिए । 

अभिभाबकले घेरेपछि बिद्यालयमा पठनपाठन हुन सकेको छैन, घटनाबाहिर आएपछि बिद्यालय बन्द गरिएको छ । विद्यालयमा १ हजारभन्दा वढि विद्यार्थी रहेका छन् ।आरोपित पौडेलले भने आफुलाइ फसाउने षडयन्त्र गरिएको र त्यस्तो  बिल्कुलै नगरेको छोटो प्रतिकृया दिए ।  गलत कुरा हो,अभिभाबहरुले बिद्यालयमा कुनैपनि गुनासो गरेका छैनन,केहि मान्छेहरुको उक्साहटमा यस्तो भएको हो,म अहिले इलाका प्रहरी कार्यालयमा छु  ’–उनले भने । अभिभावक मध्ये महिलाहरु निकै आक्रमक हुनु भएको छ डिएसपी मल्ले भने पत्रकारहरुले पनि सम्झाई  दिन भयो । निज शिक्षकलाई नियन्त्रणमा लिई सको छौं , छानविनमा कुनै कम्जोरी हुने छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने एनपीएल: सुदूरपश्चिमले टस जित्यो, पोखराले पहिले ब्याटिङ गर्ने सेयर बजारमा उच्च अंकको वृद्धि देशको स्वाधीनता रक्षाका लागि आन्दोलनको विकल्प छैन : केपी शर्मा ओली पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु ६ हजार शिक्षकको बढुवा पुनरवलोकन हुँदै जातीय विभेद र महिला हिंसा नियन्त्रणका लागि मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुल्यो भारी वर्षा र हिमपहिरोको जोखिम, उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ भारी वर्षाको जोखिमपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन निर्देशन सुर्खेतमा दाउरा प्रहारबाट एक जनाको मृत्यु, आरोपी पक्राउ सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको २ लाख ८३ हजार २०० रुपैयाँ यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य करेन्ट लागेर एकजनाको मृत्यु गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ