२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

पाटन नगरपालिकाको नगरसभा हुन सकेन

१४ भाद्र २०७५, बिहीबार ०८:२८

भदौ १४, बैतडी | योजना विवादका कारण असारसम्म गरिसक्नुपर्ने बैतडीको पाटन नगरपालिकाका नगरसभा हालसम्म हुन सकेको छैन । 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा असारभित्र स्थानीय तहहरुले नगरसभा तथा गाउँसभा गरिसक्नुपर्ने व्यवस्था भएको भए पनि पाटन नगरपालिकाले अहिलेसम्म नगरसभा सम्पन्न गर्न सकेको छैन । गत असारमै नीति तथा कार्यक्रम पारित गरेको नगरपालिकाले नगरसभा भने अहिलेसम्म सम्पन्न गर्न नसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन अधिकारीले जानकारी दिनुभयो । नगरपालिकाले पारित गर्ने बजेटका विषयमा जनप्रतिनिधिबीच कुरा नमिलेपछि नगरसभा बस्न नसकेको हो । 

नगरसभाले बजेट पारित गर्नुपर्ने भए पनि अझै पनि नगरसभा सम्पन्न नभएकाले चालू आवमा कुनै काम अघि बढाउन नसकिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिनुभयो । 

नगरपालिकामा रु सात करोड बजेट आएको तर सबै वडाको वडास्तरीय भेलाबाट रु १३ करोडसम्म हुने गरी योजना छनोट भएर आएकाले समस्या भएको पाटन नगरपालिकाका नगरप्रमुख केशवबहादुर चन्दले बताउनुभयो । वडाबाट आएका योजना र बजेट कुन कुन क्षेत्रमा कसरी छुट्याउने भन्ने कुरा मिलेको छैन उहाँले भन्नुभयो, “बजेट कसरी छुट्याउने भनेर कार्यविधि बनाउने तयारी गरेका छौँ ।” भदौ अन्तिम सातासम्म विवाद अन्त्य भई नगरसभा भइसक्नेसमेत नगरप्रमुख चन्दले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ