२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सोलुखुम्बुमा हुलाक सेवा प्रभावित

१४ भाद्र २०७५, बिहीबार ०८:३४

भदौ १४, सोलुखुम्बु | यहाँको फाप्लु विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज नआउँदा यात्रुसँगै हुलाक सेवा प्रभावित भएको छ । 

सदरमुकाम नजिकैको उक्त विमानस्थलमा एक महिनादेखि नेपाल एयरलाइन्सको विमान आउन सकेको छैन । नेपाल एयरलाइन्स फाप्लुका इञ्चार्ज गणेश श्रेष्ठका अनुसार मौसम प्रतिकूलताका कारण विमान सोलुखुम्बु आउन नसकेको हो । 

हुलाक विभाग र नेपाल एयरलाइन्सबीच चिट्ठीपत्र (डाँक) बोक्ने सम्झौता भएको छ । सोलुखुम्बु र राजधानीसँग अन्तरसम्बन्धित चिट्ठीपत्र ढुवानीका लागि नेपाल एयरलाइन्ससँग सम्झौता भएपनि विमान नआउँदा हुलाक सेवा नै प्रभावित बनेको छ । 

जिल्ला हुलाक कार्यालय सोलुखुम्बुका प्रमुख लक्ष्मी आचार्य पराजुलीले भन्नुभयो, “एक महिना भयो, विमान आएको छैन, अन्य विमानमा पठाउँदा जोखिम हुन्छ ।” प्रमुख पराजुलीले भन्नुभयो, “विमान आएन भनेर पत्र नै नलैजाने भन्ने कुरै आएन, पत्र लैजाने विकल्प सडक यातायात हो ।” 

जिल्ला हुलाक कार्यालय सोलुखुम्बुमा दर्ता भएका २८ केजी चिट्ठीपत्र केही दिनअगाडि मात्र गाडीमार्फत काठमाडौँ लगिएको छ । गत साउन २२ देखि भदौ १० गते सम्मको पत्र भदौ ११ गते गोश्वारा हुलाक कार्यालय काठमाडौँमा बुझाइएको छ । कार्यालयका हलकारालाई कर्मचारीले रकम सङ्कलन गरेर पठाइएको कार्यालयको भनाइ छ । 

“अन्य माध्यमबाट पत्र ढुवानीका लागि कुनै स्रोत छैन“, हुलाक प्रमुख पराजुलीले गुनासो पोख्नुभयो, “विभागमा गाडीको व्यवस्थापन गरी दिन आग्रह ग¥यौँ तर सुनुवाइ भएन ।” कर्मचारीहरुको सम्पत्ति विवरण बुझाउने काम हुलाक कार्यालयमार्फत भइरहेको छ । आर्थिक वर्ष सकिएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान छ । हुलाक कार्यालयका सूचना अधिकारी सञ्जय राईले भन्नुभयो, “सम्पत्ति विवरण बुझाउने समय भएकाले डाक पनि धेरै भयो, विभागबाट हवाईजहाजको विकल्प नखोजेपछि हामी आफैँले व्यवस्थापन गरेका हौँ ।” 

विभागले अन्य माध्यमबाट पठाउनका लागि रकम पनि उपलब्ध नगराएकाले कर्मचारीहरुले नै मिलेर रकम व्यवस्थापन गरी कर्मचारीको आवतजावतको प्रबन्ध गरेर गाडीमा पत्र पठाइएको जिल्ला हुलाक कार्यालय सोलुखुम्बुले जनाएको छ । सङ्घअन्तर्गतको हुलाकमा कर्मचारीको तलबबाहेक अरू रकम नभएकाले समस्या भएको कार्यालयका प्रमुख पराजुलीको भनाइ छ । हिमाली जिल्ला सोलुखुम्बुमा केही वर्षयता भने राजधानीबाट सिधा यातायात जोडिएको छ । २५० किलोमिटर बढी दूरीको यस मार्गमा जीप सेवाले एक हजार ४०० र बस सेवाले एक हजार रुपैयाँ प्रतिव्यक्ति भाडा लिने गर्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु