२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

बालिकाको हत्यारा पक्राउ गर्न माग

१४ भाद्र २०७५, बिहीबार १२:०३

भदौ १४, गौशाला | महोत्तरी जिल्लाको औरहीमा आइतबार भएको बालिका चोरी र हत्याको अभियुक्त पक्राउ गर्नुपर्ने माग राख्दै स्थानीयले आज प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । 

आइतबार साँझ औरही नगरपालिका–१ बस्ने सन्तोष चौधरीकी ८ महिने छोरी सोनाली चौधरीलाई भंगहा नगरपालिका–६ बस्ने २५ वर्षीय भरत साहले आमासँग पसलमा खेलिरहेको अवस्थामा चोरी गरेको र सोमबार दिउँसो १ बजे भंगहा –६ स्थित जङ्गलमा उनको शव फेला परेको थियो । 

घटनामा सङ्लग्न भरत साहलाई आज घटनाको पाँचौ दिन बित्न लाग्दा पनि पक्राउ नगरिएको भन्दै स्थानीयले आज प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई अभियुक्त पक्राउ गर्नुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएका छन् । 

स्थानीयले औरहीबाट करीब ५०० संख्यामा आएका स्थानीयले आज दिउँसो जिल्ला प्रशासन कार्यालय महोत्तरीमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् । 

यता जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले घटनाबारे जानकारी पाए लगत्तैदेखि अभियुक्त पक्राउ गर्न जिल्ला, प्रदेश र सङ्घ गरी तीन तह तथा सादा पोशाकका प्रहरीसमेत परिचालन गरिसकिएको र चाँडै अभियुक्त पक्राउ पर्ने दावी गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो