४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गुटबन्दि छ तर महाधिवेशनबाट हराउछ– सुजाता

२२ पुष २०७२, बुधबार ०८:१४

डिल्लीराज रावत/ पुस २२, सल्यान ।  नेपाली काग्रेशकी केन्द्रिय सदस्य सुजाता कोइरालाले पार्टी भित्रको गुटबन्दि १३ औ महाधिवेशनबाट हटेर जाने बताएकी छन । पार्टीभित्र अहिले व्यक्तिगत आकांक्षाका कारण चर्को गुटबन्दि रहेको भन्दै उनले गिरिजा बाबुको सहमती, सहकार्य र एकताको मुल मर्मलाई महाधिवेशनले पकडेर जाने भएकाले सबै गुटबन्दि समाप्त हुने बताएकी हुन । पार्टी कार्यकर्ता भेटघाटको शिलशिलामा सल्यान आएकी उनले पत्रकारहरुसंग कुरा गर्दै यस्तो बताएकी हुन ।
salyan

पेस यूनियन सल्यानले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा पूर्व उपप्रधानमन्त्रि समेत रहेकी कोइरालाले अवको महाधिवेशनले पार्टीमा धेरै पदहरु सृजना गर्ने भएकाले ति पदमा सवैलाई समेटेर लाने भन्दै गुटबन्दि हट्ने बताएकी हुन । पार्टीमा गिरिजाबाबुका कामलाई ओझेलमा पार्ने काम भएको भन्दै उहाँका कामलाई संस्थागत गर्न मेरो १३ औ महाधिवेशनमा सभापती पदका लागि उम्मेद्वारी हुनेछ भन्दै उनले त्यहि तयारीका साथ पार्टी कार्यकर्ता माझ देशव्यापी हिडेको बताउने उनले आफुलाई गिरीजाबाबुले केन्द्रमा समस्या हुदा तल्लोतहसम्म जानु त्यहाँ तिमीलाई साथ दिनेहरु भेटिनेछन भनेकाले आफु अभियानका रुपमा हिडेका बताएकी हुन ।

पार्टीमा आफुलाई कार्वाही गर्ने हर्कतका विरुद्ध आफुले पार्टीभित्र संघर्ष गरिरहेको बताउदै उनले आफुले गरेको योगदान सभापतीका लागि पुगेको बताएकी हुन । उम्मेद्वारीको घोषणा सबैको सल्लाह बमोजिम मोरङ्ग पुगेर गर्ने बताएकी उनले शक्तिमा भएमा मात्रै काम गर्न सकिने भएकाले आफु शक्तिमा रहन चाहेको बताएकी छन ।

पार्टीमा धेरै गर्न बाँकी रहेको बताउदै उनले हालका ७ प्रदेशलाई सम्बोधन गरी पार्टीले विधान संशोधन गर्नुपर्ने धारणा व्यक्त गरेकी छन । चुनाव हारेकाले मधेशमा मोर्चा बनाई आन्दोलन गरेको बताउदै उनले मधेशका जनता नेपाली काग्रेशमा भएको र मधेश मात्रै हैन सिगो नेपालले मुक्तिको यात्रा तय गरेकाबेला चुनाव हार्नेहरुले अनावश्यक बखेडा झिकेको बताएकि छन । आज उनले सल्यानमा पार्टी कार्यकर्तासंग भेटघाट गरेकी छन ।

तस्वीर : कार्यक्रममा सुजाता, काग्रेश सल्यानका सभापती गणेश चन्द र प्रेस यूनियनका सल्यान अध्यक्ष रेशम डिसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ