१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

न्यूनतम पारिश्रमिक निर्धारण समिति सल्यानमा

४ माघ २०७२, सोमबार १०:५८

Poshan KCडिल्लीराज रावत । माघ ४, सल्यान । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले पत्रकारको पारिश्रमिकको व्यवस्था गर्नकालागि सरकारी तवरबाटै विज्ञापन प्राधिकरण गठन गरी समानुपातिक ढंगले विज्ञापनको वितरण गरिने बताएका छन । श्रमजिवि पत्रकार सम्बन्धि ऐन कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संचारमाध्यामको विकासका लागि राज्यले एकद्वार प्रणालीबाट विज्ञापन वितरण गरि संचारमाध्यामलाई क्षमतावान बनाउन जरुरी रहेको बताएका छन ।

संचारकर्मीले विभिन्न आन्दोलनमा मिसन तथा जनपक्षिय पत्रकारीता गरि मुलुकलाई लोकतान्त्रीक गणतन्त्र स्थापना सम्म महत्वपूर्ण भूमिका खलेको बताउदै उनले पत्रकारले न्यूनतम पारिश्रमिकको मुद्धा सहि व्यवस्थापनका लागि उठाएको दावी गरेको छन । पत्रकार समाजको दर्पण भएकोले आफ्ना दुःखहरु विर्सेर काम गरेपनि उचित पारिश्रमिक पाउनुपर्ने भन्दै उनले उचित पारिश्रमिक नदिने संचार माध्याममा काम नगर्न सुझाव दिएका छन ।

कार्यक्रममा नेपाली काग्रेशका सहसचिव रामचन्द्र केसीले पत्रकारले न्यूनतम हैन अधिकत पारिश्रमिक पाउनुपर्ने भन्दै त्यसतर्फ केन्द्रित हुन आग्रह गरेका थिए । त्यस्तै नेकपा एमालेका सचिवालय सदस्य इश्वरी बुढाथोकीले कुनैपनि ठाउँमा श्रमको आधारमा उसको ज्याला तोकिने भएकाले पत्रकार मात्रैको हैन आम सर्वसाधारणको न्यूनतम पारिश्रमिक हुनुपर्ने बताएका छन ।

नेपाल पत्रकार महासंघ सल्यानका सभापति शालिकराम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका २ दर्जन बढि पत्रकारहरुले जिल्लाको पत्रकारीतालाई टिकाउन एकआपसमा मिलेर काम गरेको बताएका थिए । जिल्लामा क्रियाशिल पत्रकारहरुका आफ्नै संचार माध्याम भएका कारण जिल्लामा मजदुर र मालिकको रुपमा कोहि नछुट्टिएको बताउदै पत्रकारहरुले संचार माध्याममा हुने आयको आधारमा उसको पारिश्रमिक निर्धारण गरिएको र त्यसमा नै सबैले काम गरेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव