२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जिविसले विभिन्न इलाकाहरुमा योजना तर्जुमा गोष्टी सञ्चालन गर्दै

२०७२, ७ माघ बिहीबार ०९:३२

शँकर के सी । माघ ७, सल्यान । जिल्ला विकास समितीको कार्यालय सल्यानले आगामी जिल्ला परिषद् सम्पन्न गर्नका लागी जिल्लाका विभिन्न इलाकाहरुमा योजना तर्जुमा गोष्टी शुरु गरेको छ । जस अन्तर्गत आज इलाका नम्बर ३ को कपुरकोटमा गोष्टी सम्पन्न भएको छ ।
आर्थीक वर्ष २०७३।०७४ का लागी गाउँ परिषद्बाट सिफारिश भएका विभिन्न योजनाहरुलाइ सामुहिक छलफलबाट प्राथमीकीकरण गरि छनौटका लागी जिल्ला वरिषद्मा पठाउने निर्णय आजको गोष्टीमा भएको छ ।

धनवाङ गाविसका सचिव टुकाराम ओलिको अध्यक्षता तथा जिविस सल्यानका निमित्त स्थानीय विकास अधिकारि निम बहादुर ओलीको प्रमुख आतीथ्यतामा भएको कार्यक्रममा पर्यटन सडक, कृषि सडक, खानेपानी, स्वास्थ्य, शिक्षा जस्ता विभिन्न क्षेत्रका योजनाहरु माग गरेर पठाइएको छ ।

गोष्टीमा पूर्व जिविस सभापती ध्रुवराज पुरी, सामुदायीक वन महासंघ नेपालका केन्द्रीय सदस्य घनश्याम शर्मा, स्वास्थ्य चौकी धनवाङका इन्चार्ज देवेन्द्र सेन, पशु सेवा केन्द्रका प्रमुख कमल कुशुम आचार्य, कृषि सेवा केन्द्रका प्रमुख कमल रेग्मी तथा धनवाङ, रीम, सिनवाङ र गर्पा गाविसमा क्रियाशिल विभिन्न राजनीतीक दलका प्रमुख तथा प्रतीनिधीहरुको सहभागीता थियो ।

आज नै देवस्थल, सिद्धेश्वरी र खलंगामा पनि इलाका स्तरिय योजना तर्जुमा गोष्टी सम्पन्न भएको जिविस सल्यानका जिवराज केसीले जानकारि दिनुभयो । लेकपोखरा र रामपुरमा भने हिजो बुधबार नै गोष्टी सम्पन्न भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै