२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीकी ८ महिने बालिका हत्याको घटनाले प्रदेश २ लाई नै स्तब्ध

२०७५, १६ भाद्र शनिबार ११:२५

भदौ १६, महोत्तरी | प्रदेश नं २ का समाजिक विकास राज्यमन्त्री अभिराम शर्माले महोत्तरी औरहीका ८ महिने बालिका सोनाली चौधरीको हत्याको घटनाले सिङ्गो प्रदेश नै स्तब्ध भएको बताउनुभएको छ । 

आज औरहीमा स्थानीयवासीसँगको छलफल कार्यक्रममा उहाँले बालिकाको हत्यामा संलग्न हुनेलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कानूनअनुसार कारबाही गर्न महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीलाई निर्देशन दिनुभयो । 

राज्यमन्त्री शर्माले उक्त घटनाको सत्य, तथ्य र निश्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न प्रदेश सरकार र स्थानीय प्रशासन गम्भीर रहेकाले आन्दोलनको स्वरुप परिवर्तन गरी अपराधी पक्राउ गर्नमा सहयोग गर्न स्थानीयवासीलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा प्रदेशसभा सदस्य जैइनुल राइन र जिल्ला समन्वय समितिका अध्यक्ष सुरेश सिंहले घटनाको अनुसन्धान प्रक्रियालाई थप प्रभावकारी बनाउन र छिटो भन्दा छिटो अपराधीलाई पक्राउ गरी विधिको शासन स्थापित गराउन स्थानीय प्रहरी प्रशासनलाई सहयोग गर्न स्थानीयवासीलाई आग्रह गर्नुभयो । 

महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले उक्त घटनामा संलग्नहुनेको खोजी कार्यलाई प्रहरीले व्यापक बनाएको हुँदा चाडै नै अपराधी पक्राउ पर्ने विश्वास दिलाउनुभयो । 

मृतकका बाबु सन्तोष चौधरीले छोरीको हत्या गर्ने अपराधी पक्राउ गर्नु नै आफ्नो लागि सबैभन्दा ठूलो उपहार हुने बताउनुभयो । 

गत आइतबार महोत्तरीको औरहीबाट बालिका सोनालीलाई अपहरण गरी हत्या गरेको घटनालाई लिएर स्थानीयले प्रदर्शन गर्दै विगत पाँच दिनदेखि औरही बजार बन्द गराएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै