१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अनेम संघ सल्यानको अधिवेशन आगामी चैत्रको २९ गते

१० फाल्गुन २०७२, सोमबार ०६:५९

फागुन १०, सल्यान ।

– क्षेत्रीय अधिवेशनहरु १५ र २० गते
अखिल नेपाल महिला संघ सल्यानको जिल्ला अधिवेशन आगामी चैत्रको २९ गते हुने भएको छ । सदरमुकाम खलंगामा सम्पन्न संघको भेलाले चैत्रको २९ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।

अनेम संघ जिल्ला अध्यक्ष शान्ता हमालको अध्यक्षता तथा अनेम संघ केन्द्रीय सचिव एवम् नेकपा एमाले केन्द्रीय सदस्य सुजिता शाक्यको प्रमुख आतीथ्यतामा भएको भेलाले क्षेत्र नम्बर १ को अधिवेशन चैत्र २० गते थारमारे र क्षेत्र नम्बर २ को अधिवेशन चैत्र १५ गते श्रीनगरमा सम्पन्न गर्ने निर्णय गरेको छ ।
salyn
त्यस अघि यहि फागुन महिना भित्र इलाका स्तरिय भेला सम्पन्न गरिसक्ने निर्णय पनि भएको अनेम संघ सल्यानका सहसचिव शोविता वस्नेतले जानकारि दिनुभयो । जस अनुसार इलाका नम्बर १ को २० गते रामपुरमा, २ को २२ गते लुहाममा, ३ को २३ गते कपुरकोटमा, ४ को २६ गते लान्तीमा, ५ को २७ गते खलंगामा इलाका स्तरिय भेला गर्ने निर्णय भएको वस्नेतले जनाउनुभयो ।

यस्तै इलाका नम्बर ११ को २० गते थारमारेमा,७ को २१ गते ढोरचौरमा, ६ को २६ गते बाबियाचौरमा र ८ को २६ गते सल्लीबजारमा भेला सम्पन्न गर्ने निर्णय भएको छ । यद्यपि इलाका नम्बर ९ र १० को भेला गर्ने मिती भने तय गरिएको छैन । कार्यक्रममा अनेम संघ केन्द्रीय सचिव सुजिता शाक्यले महिलाका हरेक अधिकारका लागी आन्दोलन गर्ने र लड्ने पहिलो संगठन अनेम संघ भएको भन्दै प्राप्त भएका अधिकारहरुलाइ अब उपयोग गर्नतर्फ महिलाहरु लाग्नुपर्ने बताउनुभयो ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथी द्धय अनेम संघ केन्द्रीय सल्लाहकार समिती अध्यक्ष मेनका पोख्रेल र नेकपा एमाले राप्ती अञ्चल इन्चार्ज खेममान खड्काले आन्दोलनबाट प्राप्त महिला अधिकारहरुलाइ उपयोग गर्नका लागी महिलाहरुले आफ्नो दक्षता र क्षमतालाइ निखार्दै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज गुलावजंग शाह, जिल्ला अध्यक्ष हरि के सी, उपसचिव भिम बहादुर सेन लगाएतकाले बोल्दै अब समाजका हरेक कामको नेतृत्व गर्ने पालो महिलाहरुको भएको बताउनुभएको थियो ।।

– शँकर के सी बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो