२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङका स्थानीय तह प्रविधिमैत्री बन्दै

२० भाद्र २०७५, बुधबार ०६:४१

भदौ २०, तुलसीपुर । यहाँका स्थानीय तह प्रविधिमैत्री बन्दै गएका छन् ।पहिले कागजी रूपले कामकाज हुने गरे पनि पछिल्लो समय स्थानीय निकायका प्रतिनिधिले प्रविधिको उपयोग गरी काम गर्न थालेका छन् । जिल्लाका घोराही, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाले प्रविधिमैत्री सेवा थालेका छन् । नागरिकलाई सरल, सहज र छिटो छरितो तरिकाले सेवा दिने भन्दै स्थानीय तहले वडास्तरबाटै अनलाइनमार्फत एकीकृत सम्पत्ति कर सङ्कलनदेखि अन्य सेवा दिन थालेका छन् ।

सामाजिक सुरक्षा भत्ता, जग्गा तथा अन्य राजश्व सङ्कलन, पञ्जिकरणलगायत काम अनलाइनमार्फत गर्न थालिएको छ । स्थानीय तहले कर्मचारीलाई प्रविधिमैत्री सेवा दिन तालिम प्रदान गरेका छन् । 

सेवालाई कागजरहित बनाउन धेरैजसो वडामा इन्टरनेटदेखि विद्युतीय उपकरण जडानको काम भइरहेको घोराही उपमहानगरपालिकाले जनाएको छ । वडा कार्यालयबाट अनलाइनमार्फत ज्येष्ठ नागरिक, एकल महिला, दलित, अपाङ्ग तथा पोषण भत्ता वितरण, नाम दर्ता, लगत कट्टा, परिचयपत्र दिनेलगायत काम भइरहेको छ ।

तुलसीपुरलाई स्मार्ट सिटी बनाउने तयारीमा जुटेको तुलसीपुर उपमहानगरपालिकाले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउन थालेको छ । सबै वडाबाट अनलाइनमार्फत कर सङ्कलन र घटना दर्ता गर्न थालेको वरिष्ठ वित्तीय अधिकृत ललित घर्तीले जानकारी दिनुभयो । कार्यालयदेखि वडा तहसम्म प्रविधिमैत्री सेवा दिने योजना बनाएको छ ।यस्तै लमही नगरपालिकाले सबै वडाबाट कर सङ्कलन र घटना दर्ता शुरु गरेको छ । नगरपालिकाका प्रमुख कुलबहादुर केसीका अनुसार सबै वडालाई प्रविधिमैत्री बनाउँदै लगिएको छ । “प्रविधिमैत्री सेवाका कारण नागरिक र कर्मचारीलाई सहज भएको छ,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ