२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मुख्यमन्त्री शाहीद्धारा व्यापार मेलाको उद्घाटन

२०७५, २० भाद्र बुधबार १४:२३

रेशमराज रोकाया | भदौ २०, हुम्ला | हुम्लाको उत्तरी नाम्खा गाउँपालिकालाई पर्यटन र व्यापारिक केन्द्रको रुपमा विकास गर्नको लागि व्यापार मेला सुरु भएको छ ।

भदौ १८ देखी २० गते सम्म चलेको पर्यटन तथा व्यापार मेलाको उद्घाटन कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले गर्नु भएको थियो । सडक सञ्जाल नछोएको र सुन्दर वस्ती नाम्खा गाउँपालिकाको वडा नं. ६ को हल्जी गाउँमा भएको कार्यक्रममा गाउँपालिका भरका वासिन्दाले स्थानिय उत्पादनको प्रदर्शनी समेत गरेका थिए । 

बजारमुखी अर्थतन्त्रमा लिमी उपत्यका सम्भाव्य ठाउँ भएको मूख्य मन्त्री महेन्द्र बहादुर शाहीले बताउनु भयो । हुम्लाको लिमी उपत्यका पर्यटनको सम्भावना रहेकोले यसलाई सोही अनुसारको गाउँ बनाउनको लागि कर्णाली प्रदेशका मूख्य मन्त्री महेन्द्र बहादुर शाहीले बताउनुभयो । कर्णाली प्रदेश विकट नभएको यस प्रदेशलाई यसको पहिचान बदल्न पर्ने योजना सरकारले प्राथमिकता दिने योजना प्रदेश सरकारको रहेको बताउनु भयो । हुम्ला स्रोत साधनको धनी प्रदेश भएकोले यसको भरपुर उपयोग गर्नु पर्नेमा जोड दिनु भयो । कर्णाली प्रदेशमा रहेका सम्पदाको प्रयोगमा तत्कालिन सरकारले बन्देज लगाईएको र परनिर्भर हुनु भन्दा आगामी दिनमा यहाँ नै श्रमलाई सम्मान गरी मानसिक रुपले धनी भएको महशुस गर्नु पर्नेमा जोड दिनु भयो ।  जलस्रोत, जडिबुटी, प्राकृतिक स्रोत साधनको भरपुर उपयोगले कर्णालीको परिचय परिवर्तनमा प्रदेश सरकार लागि परेको बताउनु भयो । कर्णाली प्रदेश विकट नभएको प्राकृतिक सौन्दर्य भएको भूमि भएकोले सरकारले कारवाही स्वरुप कर्मचारीलाई कर्णालीमा पठाउने गरेको भएता पनि आगामी वर्षमा कर्णालीमा बस्नको लागि कर्मचारीको हानथाप हुने गरी विकास गरिने बताउनु भयो । लिमी उपत्यका हाल नदी कटानको जोखिममा रहेकोले यसलाई जोगाउनको लागि तटबन्ध निर्माणको लागि बजेट विनियोजन गरिने समेत बताउनु भयो । सबैले विकासको लागि एकाकार भएर लागेमा देश सम्वृद्ध बन्नको लागि समय नलाग्ने शाहीले बताउनु भयो ।

लिमीका जनतालाई संसार जोड्नका लागि प्रदेश सरकारले सञ्चार जगतको विकासको लागि प्रदेश सरकार लागि पर्ने सामाजिक विकास मन्त्री दल बहादुर रावलले बताउनु भयो । पर्यटन र जडिबुटी र पर्यावरणको विकास गर्न सकिएमा कर्णाली प्रदेश सम्पन्न हुनेमा रावलले जोड दिनु भयो । आफुलाई हुम्लामा जन्मेको गौरव महशुस हुने गरेको र स्वर्ग भूमीलाई यहाँका सरोकारवाला निकायले ध्यान दिनु पर्ने बताउनु भयो । हुम्लाको विकासको लागि प्रदेश सरकारले विशेष जोड दिएको बताउनु भयो । हुम्लाको विकासको लागि उल्लेख्य बजेट समेत यस आर्थिक वर्षमा विनियोजन गरिएको रावलले जानकारी गराउनु भयो ।

आन्तरिक र बाह्य पर्यटकको भित्र्याउने हुम्ला जिल्ला अगाडी भएकोले यसको विकास गर्नको लागि लागि पर्ने कर्णाली प्रदेशका उद्योग वन तथा पर्यटन मन्त्री नन्दसिँह बुढाले बताउनु भयो । विकासको लागि सबैले हातेमालो गरी अगाडी बढेमा कर्णाली विकास चाँडै हुने र राष्ट्र अगाडी बढ्ने बुढाले बताउनु भयो ।

पर्यटकलाई लिमी उपत्यकाबाट मानसरोवर कैलाश दर्शनको लागि सडक सञ्जाल लगायत पूर्वाधार तयार गरेर यसबाट आर्थिक लाभ लिन सक्नु पर्नेमा संघिय साँसद छक्क बहादुर लामाले बताउनु भयो । लिमी उपत्यकाको पौराणिक र ऐतिहासिक महत्वको बारेमा जानकारी विश्वमा फैलाउनको लागि सबैले सबै क्षेत्रबाट लाग्नु पर्नेमा साँसद लामाको जोड रहेको थियो ।

जैविक विविधता भएको गाउँपालिका भएकोले देश विदेशमा प्रचार गर्नको लागि गाउँपालिका लागि परेको अध्यक्ष विष्णु लामाले बताउनु भयो । नाम्खा गाउँपालिका हुम्लाको सम्वृद्ध गाउँपालिका बनाउनको लागि यहाँका पर्यटकिय क्षेत्र र जैविक वस्तुको प्रवद्र्धनमा गाउँपालिकाको ध्यान उच्च रहेको अध्यक्ष लामाले बताउनु भयो ।

अन्तर देशिय व्यापार मेलामा स्थानियले जैविक खाद्य पदार्थ, स्थानिय हस्तकलाका उत्पादन, चालचलन र भेषभुसा समेत प्रदर्शन गरेका थिए । हरेक वडाले आ–आफ्नै संस्कृती झल्कने स्याब्रो नृत्य र छ्याम नृत्य देखाईएको थियो । स्थानियले करोडौं मूल्य पर्ने स्थानिय कपडा, गरगहना र भेषभुषाको समेत प्रदर्शन गरेका थिए । कर्णाली प्रदेश सरकारले मेला आयोजनाको लागि १५ लाख, गाउँपालिकाको आन्तरिक बजेट र ईसिमोडको सहयोगमा मेला सम्पन्न भएको थियो । हुम्लाको अति नै भौगोलिक रुपमा विकट मानिएको र प्राकृति सौन्दर्यको धनी मानिएको नाम्खा गाउँपालिका हाल जिल्ला कै पर्यटकिय स्थल र नमूना वस्ती हो । हरेक वर्ष पर्यटक जैविका विविधता, पशु र पंछीको अध्ययन,  अनुसन्धान गर्नको लागि र प्राकृतिक सौन्दर्यमा रमाउनको लागि यहाँ पुग्ने गरेका छन् । कार्यक्रम आयोजना गरिएको हल्जी गुम्बा हुम्ला जिल्ला कै अमूल्य सम्पती भएको धनी गुम्बाको रुपमा चिनिने गरिएको छ । 


१. कार्यक्रममा उपस्थित दायाँबाट क्रमशः सामाजिक विकास मन्त्री दल बहादुर रावल, वन, पर्यटन तथा युवा मन्त्री नन्दसिँह बुढा, संघिय साँसद छक्क बहादुर लामा, नाम्खा गाउँपालिका अध्यक्ष विष्णु लामा, लगायतका महानुभाव ।


२. स्थानियद्धारा मूख्य मन्त्री महेन्द्र बहादुर शाहीलाई स्वागत गरिँदै ।


३. मूख्य मन्त्री महेन्द्र बहादुर शाही लिमी उपत्यकाको समस्याको बारेमा स्थानिय कोलोप्साङ् तामाङ्गसँग बुझ्दै ।


४. स्थानिय सुनखानी आधारभूत विद्यालय, हल्जीका बालबालिका स्वागत गित गाउँदै ।


५. वन, पर्यटन तथा युवा मन्त्री नन्दसिँह बुढा मन्तव्य दिँदै ।


६. बायाँबाट क्रमशः मूख्य मन्त्री महेन्द्र बहादुर शाही पत्नी र मूख्य मन्त्री महेन्द्र बहादुर शाही, नाम्खा गाउँपालिका अध्यक्ष विष्णु लामा, संघिय साँसद छक्क बहादुर लामा ।

तश्विरहरु: रेशमराज रोकाया 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण