२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा एसएलसी परिक्षाकेन्द्र सार्वजनिक, ७ हजार ४५ ले सहभागिता जनाउने

२०७२, ११ चैत्र बिहीबार ०६:४४

डिल्लीराज रावत, चैत्र ११, सल्यान । सल्यानमा यसबर्षको एसएलसीमा ७ हजार ४५ जनाले सहभागिता जनाउदैछन । जसमा नियमित तर्फ ४ हजार ३ सय ९९ र एक्जाम्टेड तर्फ २ हजार ६ सय ५५ रहेका छन । परिक्षालाई मर्यादित बनाउनलाई जिल्ला शिक्षा कार्यालय सल्यानले विद्यार्थीलाई आफुले अध्ययन गरेको विद्यालयबाट अर्को केन्द्रमा परिक्षा दिने व्यवस्था गरेको छ ।

१७ वटा परिक्षाकेन्द्र रहेको सल्यानमा सबैभन्दा बढि परिक्षार्थीहरु श्री जनता उमावि रागेचौरमा रहेको परिक्षा केन्द्रमा सहभागि हुदैछन । ४ सय ३७ परिक्षार्थी रहेको उक्त परिक्षा केन्द्रमा मर्मपरिकाँडाका मावि गुरुदासे र भैरवी मावि राम्री, कालागाउका सरस्वती मावि झारकाँडा र अरनिको मावि कोटनाउला र स्वीकोटको नारायण माविले सहभागिता जनाउदैछन ।

त्यस्तै सबैभन्दा कम परिक्षार्थीहरु भानुभक्त उमावि दमाचौरको परिक्षा केन्द्रमा रहेका छन । १ सय ३४ परिक्षाथी रहेको उक्त परिक्षा कन्द्रमा त्रिभुवन जनता मावि लेखचौरपानी र लक्ष्मी मावि जयचौरका विद्यार्थीहरुले परिक्षा दिने भएका छन ।

यसबर्षको एसएलसीमा सबैभन्दा बढि भानुभक्त उमावि दमाचौरका २ सय ८२ जना विद्यार्थी सहभागि हुदैछन भने सबैभन्दा कम कृष्ण बोर्र्डिङ्ग स्कुल सल्लीबजारका १० जना सहभागि हुदैछन । त्यस्तै प्राविधिक धारको पढाइ हुने थारमारेको जनकल्याण उमाविका ४० विद्यार्थीले त्रिभुवन जन उमावि लुहापिङ्ग खलंगाबाट परिक्षा दिनेछन भने शित्तलपाटीमा रहेको खुला विद्यालयका १ सय ६४ विद्यार्थीले त्रिभुवन जनता मावि भोटेचौरबाट परिक्षा दिनेछन । यस बर्षकोे एसएलसी आगामी चैत्र १८ देखि हुदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै