२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बास्तविक पिडितले राहत पाएनन्

११ चैत्र २०७२, बिहीबार ११:१८

डिल्लीराज रावत, चैत्र ११, सल्यान । सल्यानमा वास्तविक पिडितले राहत नपाएको सरोकारवालाहरुले बताएका छन । संक्रमणकालिन अवस्थामा द्वन्द पिडितको पहिचानमा समस्या आएको भन्दै उनिहरुले राहत नपाएको तर पार्टी तथा पहुचमा हुनेहरुले पिडित नभएतापनि राहत पाएको बताएका हुन । हरप्लेस सल्यानको आयोजनमा संक्रमणकालिन न्याय तथा शान्ति मञ्च खलंगाले आयोजना गरेको अन्तरसम्वाद कार्यक्रममा बोल्नेहरुले यस्तो बताएका हुन ।

विहिबार सरकारी निकाय, सरोकारवाला निकाय र द्वन्दपिडित विच भएको भएको संक्रमणकालिन न्याय विषयक जिल्ला स्तरिय कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले न्यायपालिका स्वतन्त्र हुनुपर्ने बताएका छन । उनले द्वन्दकालमा भएको घटनाका प्रमाण नष्ट भएका कारण विचको समयमा हुने संक्रमण कालमा पुरानो कानुन वा नयाँ कानुनले काम गर्ने अवस्था नभएकाले संक्रमणकालिन न्यायको व्यवस्था हुने बताएका छन ।

द्वन्द व्यवस्थापनका लागि राहत, पुनरस्थापित, पुनरनिर्माण, पुनरमिलन र संक्रमणकालिन न्याको महत्वपूर्ण भूमिका रहेको बताउदै उनले यसको सहि प्रयोग हुनुपर्ने बताएका छन । अन्तरसम्वादमा एमालेका अध्यक्ष हरि केसी, एमाओवादी उपाध्यक्ष ज्ञान बहादुर वली, राप्रपा नेपालका अध्यक्ष मनोज सिंह, नेकपा मालेका सचिव बल बहादुर गिरी, उद्योग वाण्ज्यिसंघका सचिव दिपक हमाल अधिवक्ता सिपिवली, महिला मानव अधिकारी रक्षक संजालकी अध्यक्ष शोभिता बस्नेत , अन्तरपाटि महिला संजालकी अध्यक्ष शुसिला गिरी लगायतले भाग लिएका थिए ।

स्थानिय शान्ती समिती सल्यानकी सचिव विष्णु शर्माको कार्यपत्रमा नेपाल वार यसोशिसयनका अध्यक्ष थलराज भण्डारीले टिप्पणी गरेका थिए । हरप्लेसका जिल्ला संयोजक रामचन्द्र रेग्मीको सहजिकरणमा भएको कार्यक्रमको अध्यक्षता संक्रमणकालिन न्याय तथा शान्ति मञ्च खलंगाका अध्यक्ष नविन भडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ