२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा विप्लव माओवादीका महिला सडक मर्मत गर्दै

२०७२, ११ चैत्र बिहीबार ११:२८

डिल्लीराज रावत, चैत्र ११, सल्यान । भर्खरै जिल्ला सम्मेलन सकेका विप्लव नेतृत्वको माओवादी निकट सल्यानका क्रान्तिकारी महिलाहरुले जनसेवाको कामलाई ग्रामिण स्तरमा लिएका छन । विहिबार उनिहरुले दमाचौर १ जरालोटेमा रहेको पलाटे हुदै जलेखर्क जोड्ने सडकमा पहिरोले क्षति गरेकाले मर्मतको काम थालेका छन ।

स्थानियबासीको सहभागितामा उनिहरुले सडक मर्मतमा लागेको विप्लव जनाएका छन । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को नेतृत्वमा उक्त सडक मर्मत गर्न लागेको संगठनकी जिल्ला अध्यक्ष श्रृजना गिरीले जानकारी दिएकी छन । संगठनकी केन्द्रिय सदस्य हेमन्ता बुढाथोकीको नेतृत्वमा रहेका उनिहरुले ५ दिनसम्म स्थानियबासीसंग मिलेर सडक मर्मत गर्ने जनाएका छन ।

मर्मत कार्यमा नेकपा माओवादी सल्यानका सेक्रेटरी डिल्लीराज शर्मा विश्व, संगठनकी जिल्ला उपाध्यक्ष शिला बस्नेत, राष्ट्रिय युवा जनस्वयमसेवकका जिल्ला अध्यक्ष बलदेव पुन, नेकपा माओवादीका जिल्ला सदस्य थल बहादुर वली, दमाचौरका जनपरिषद् प्रमुख टोप बहादुर केसी, उपप्रमुख हस्तकला केसी लगायतको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर