पोखराको बेगनास तालमा डुंगा पल्टियो

Posted on: 08 Sep, 2018

भदौ २३, पोखरा | पोखराको बेगनास तालमा डुंगा पल्टिँदा पाँच जना बेपत्ता भएका छन् । शनिवार दिँउसो ९ जना सवार डुंगा पल्टिँएको हो । डुंगामा सवार ४ जनाको उद्धार गरिएपनि पाँच जना बेपत्ता रहेका छन् । बेपत्ता हुँनेमा दुई महिला र तीन बालबालिका रहेका छन् । दुई महिला र दुई जना पुरुषको उद्धार गरिएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र गुरुङले जानकारी दिए । उद्धार गरिएकाहरुको अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । 

घटनाबारे थप विवरण आउँदैछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!