४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा चर्पी दिवस मनाईयो

३ मंसिर २०७२, बिहीबार १२:३१

पूर्णप्रसाद न्यौपाने । मंसिर ३, ओखलढुंगा । आज विश्व चर्पी दिवस ओखलढुंगामा
विभिन्न कार्यक्रम गरी मनाईएको छ । सरसफाईका क्षेत्रमा क्रियाशिल विभिन्न सरकारी तथा गैरसरकारी संघ
संस्था तथा निकायको आयोजनामा चर्पी दिवस मनाईएको हो । जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिती
र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको संयुक्त आयोजनामा ओखलढुगांमा ‘पोषण सुधारका लागी चर्पी’ भन्ने
नाराका साथ दिवस मनाईको छ ।

34e

निमित्त स्थानीय विकास अधिकारी माधव प्रसाद भट्राइको अध्यक्ष्यता तथा प्रमुख जिल्ला अधिकारी
यादव सुवेदीको प्रमुख आतिथ्यमा जिल्ला विकास समितिको सभाहलमा भएको कार्यक्रममा विभिन्न राजनैतीक दलका
प्रमुख तथा प्रतिनिधी,सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधी,पत्रकार,सञ्चारकर्मी लगाएको उल्लेख्य
उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागि बत्ताहरुले चर्पिको उचित ब्यवस्थापन नहुँदा मानव स्वास्थ्यमा
विभिन्न प्रकारका रोग लाग्ने र ज्यान समेत जान सक्ने भएकोले सचेत हुनुपर्नेमा जोड दिएका छन् ।

यसैविच ओखलढुंगालाई २०७२ साल चैत्र भित्रैमा खुल्ला दिशामुत्त जिल्ला
घोषणा गर्ने योजना रहेको भएपनि भूकम्प पछि निकै चुनौती थपिएको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन प्रमुख
कमलराज श्रेष्ठले बताउनुभयो । कतिपय गाविसमा निर्माण सम्पन्न भईसकेका शौचालयहरु भूकम्पले भत्काएकाले
तयारी अवस्थामा रहेका गाविसलाई पनि खुल्ला दिशामुक्त घोषणा गर्न नसकिएकोउहाँको भनाई छ ।

गत बैशाखको भूकम्पले शौचालयहरु भत्काएपछि ओखलढुंगाका खुल्ला दिशामुक्त गाविस
पनि अहिले खुल्ला दिशायूक्त जस्तै बनेका छन् । भने घर भत्किएपछि गोठ,कटेज आदिमा बस्दै आएकाहरुले पनि
शौचालय निर्माणमा चासो देखाएका छैनन् । अझ बस्ति स्थानान्तरण गरिएका ठाँउहरुमा कस्तो शौचालय निर्माण
गर्ने भन्ने आन्यौलता रहेका कारण जिल्ला खुल्ला दिशामुक्त घोषणा अभियान नै प्रभावित भएको भन्दै सबैले
आ–आफ्नो ठाँउबाट पहल गर्नुपर्ने जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुंगाले जनाएको छ ।
सबैले आ–आफ्नो घरमा शौचालय बनाएमात्रै पनि अभियान समयमै सफलहुने सरोकारवालाहरुको भनाई छ । ५० गाविस र १
नगरपालीका रहेको ओखलढुंगामा अहिले सम्म जिल्लाका एक तिहाई गाविस पनि खुल्ला दिशामुक्त घोषीत हुनसकेका
छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ