२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

व्यवस्थित बसपार्क नहुँदा पर्यटकलाई समस्या

२०७५, २६ भाद्र मंगलवार ०८:१२

भदौ २६, काठमाडौँ | राजधानीबाट बाहिरिने पर्यटक चढ्ने सवारी साधनका लागि छुट्टै बसपार्क नहुँदा पर्यटकले सास्ती व्यहोर्नुपरेको छ ।  व्यवस्थित बसपार्क नहुँदा दैनिक हजारौँ आन्तरिक तथा बाह्य पर्यटक ओहोरदोहोर गराउने तोकिएको सडक क्षेत्र पनि घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने समस्या रहेको छ । 

विगत तीन दशकदेखि कान्तिपथ सडकबाट चल्दै आएको पर्यटकीय बस असार १५ गतेदेखि सोह्रखुट्टे सडकबाट चल्दै आएको छ । मेलम्ची खानेपानी आयोजनाले खानेपानीको लाइन बिच्छ्याउन सडक खनेर नपुर्दा पानी परेको बेला हिलोका कारण पर्यटकलाई बसमा चढ्न तथा ओर्लन समस्या परेको छ । 

टुरिष्ट बस एसोसियसन अफ नेपाल (टिवान) का अध्यक्ष प्रल्हाद लोहनी मुलुकमा पर्यटनको विकास गर्नका लागि पर्यटक चढ्ने सवारी साधनका लागि छुट्टै बसपार्क हुनुपर्ने बताउँछन् । ‘सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ, तर राजधानीमै पर्यटकका लागि भने छुट्टै बसपार्क नहुँदा समस्या परेको छ,’ उनी भन्छन् । 

मुलुकको पर्यटन विकास गर्न पर्याप्त पूर्वाधारको विकास गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ । अध्यक्ष लोहनीले काठमाडौंको मुख्य क्षेत्र ठमेल पर्यटकको मुख्य गन्तव्य भएकाले त्यस क्षेत्र वरपर बसपार्क बनाउनका लागि कुरा गरेपनि सरकार र महानगरपालिकाले बेवास्ता गरेको गुनासो गरे । 

सोह्रखुट्टेबाट बिहान पोखरा र चितवनका लागि पर्यटक बस छुट्ने समयमा सडकमा धेरै चापसमेत हुने गरेको छ । सरकारले पर्यटक बसपार्कलाई नयाँ बसपार्कमा स्थानान्तरण गर्न खोजेपनि व्यवसायीले पर्यटकलाई सेवा दिन ठमेल क्षेत्रवरपर नै बसपार्क हुनुपर्ने अडान लिएपछि क्षणिक समयका लागि सोह्रखुट्टे सडकमा सञ्चालन गर्न अनुमति दिएको हो । 

पर्यटनको विकासका लागि एशोसियशनले काठमाडौंदेखि लुम्बिनी, जनकपुर र बर्दियामा पनि बस सञ्चालन गर्न लागेपनि पार्किङका लागि पूर्वाधारको विकास नहुँदा समस्या परेको छ । राजधानीबाट देशका विभिन्न भागमा पर्यटक लैजान हाल सय हाराहारीका बसले यात्रुको सेवा दिइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ