२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

सुर्खेत-जुम्ला हवाई सेवा शुरु

२७ भाद्र २०७५, बुधबार १७:५३

भदौ २७, सुर्खेत | जुम्ला–लामो समयपछि सुर्खेत–जुम्ला हवाईसेवा सुरु भएको छ । कर्णाली प्रदेश पर्यटन मन्त्रालयको पहलमा गो कर्णाली ट्राभल्स एण्ड टुरलेले व्यवस्थापन गर्ने गरी समिट एयरले सुर्खेत–जुम्ला उडान गरेको हो ।

कर्णाली प्रदेश पर्यटनमन्त्री नन्दसिंह वुढाले आफै चढेर सुर्खेत जुम्लाको हवाई यात्रा आरम्भ सहित उद्धाटन गरेका हुन । नेपाल पर्यटन पत्रकार संघ जुम्लाले बिमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बुढाले पर्यटकीय दृष्टिकोण तथा सेवाग्राहीको सजिलोका लागि जुम्ला सुर्खेत उडान भएको बताए । पहिलो पटक १८ जना यात्रुले सुर्खेत जुम्ला र १० जनाले जुम्लाबाट सुर्खेत यात्रा गरेका समिट एयर जुम्लाका ईन्चार्ज सन्तोजङ्ग शाहीले जानकारी दिए । आजदेखि सुरुभएको हवाई यात्राको भाडादर जुम्लाबाट सुर्खेतका लागि ४ हजार र सुर्खेतबाट जुम्लाका लगि ४ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ ।

गो कर्णाली टुर एण्ड ट्राभल्स तथा स्नोल्याण्ड होटल संचालक पार्वती महतका अनुसार हरेक शुक्रबार र मंगलबार उडान हुनेछ । कर्णाली प्रदेशको राजधानी सुर्खेत भएको लामो समयपछि नेपालगंज र जुम्ला उडान सुरु भएपनि सुर्खेत जुम्ला हवाई उडान सञ्चालनमा आउन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा