२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

सुर्खेत-जुम्ला हवाई सेवा शुरु

२०७५, २७ भाद्र बुधबार १७:५३

भदौ २७, सुर्खेत | जुम्ला–लामो समयपछि सुर्खेत–जुम्ला हवाईसेवा सुरु भएको छ । कर्णाली प्रदेश पर्यटन मन्त्रालयको पहलमा गो कर्णाली ट्राभल्स एण्ड टुरलेले व्यवस्थापन गर्ने गरी समिट एयरले सुर्खेत–जुम्ला उडान गरेको हो ।

कर्णाली प्रदेश पर्यटनमन्त्री नन्दसिंह वुढाले आफै चढेर सुर्खेत जुम्लाको हवाई यात्रा आरम्भ सहित उद्धाटन गरेका हुन । नेपाल पर्यटन पत्रकार संघ जुम्लाले बिमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बुढाले पर्यटकीय दृष्टिकोण तथा सेवाग्राहीको सजिलोका लागि जुम्ला सुर्खेत उडान भएको बताए । पहिलो पटक १८ जना यात्रुले सुर्खेत जुम्ला र १० जनाले जुम्लाबाट सुर्खेत यात्रा गरेका समिट एयर जुम्लाका ईन्चार्ज सन्तोजङ्ग शाहीले जानकारी दिए । आजदेखि सुरुभएको हवाई यात्राको भाडादर जुम्लाबाट सुर्खेतका लागि ४ हजार र सुर्खेतबाट जुम्लाका लगि ४ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ ।

गो कर्णाली टुर एण्ड ट्राभल्स तथा स्नोल्याण्ड होटल संचालक पार्वती महतका अनुसार हरेक शुक्रबार र मंगलबार उडान हुनेछ । कर्णाली प्रदेशको राजधानी सुर्खेत भएको लामो समयपछि नेपालगंज र जुम्ला उडान सुरु भएपनि सुर्खेत जुम्ला हवाई उडान सञ्चालनमा आउन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै